back
CTIZAN AD

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

वि.सं.२०८३ असार १४ आइतवार

96 

shares

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो ।

पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले कागमा बर्डफ्लु देखिएकाले उपत्यकाभर फैलिएको बताए । “कुखुरामा देखिएको बर्डफ्लुलाई नियन्त्रणमा लिन सकिन्छ । तर बर्डफ्लु देखिएका कागलाई नियन्त्रणमा लिन सकिदैन”, उनले भने, “सदर चिडियाखानालगायत धेरे ठाउँमा कागले सङ्क्रमण सारेको छ ।”

महानिर्देशक डा दाहाल सङ्क्रमित कागले एक ठाउँबाट उडेर अर्को ठाउँ सार्ने गरेको बताउँछन् । कागमा देखिएको सङ्क्रमण २१ दिनसम्म रहने भएकाले धेरै नै बर्डफ्लु रोग सार्न सक्ने उनकोे भनाइ रहेको छ । “काग मरेपछि कहाँ मरेको भन्ने थाहा हुँदैन । अनि त्यही मरेको कागले बर्डफ्लु सार्ने गरेको छ । कागको सुलिले पनि धेरै नै बर्डफ्लु सार्ने गर्दछ” उनले भने ।

हाल काठमाडौँ उपत्यकाका तीनै जिल्लामा बर्डफ्लु देखिएको छ । उनका अनुसार अहिले देशभर ११ जिल्लाका १०० ठाउँमा बर्डफ्लुको सङ्क्रमण देखिएको छ ।

महानिर्देशक डा दाहालले उपत्यकामा किर्तिपुर र कागेश्वरी मनहरा बाहेक सबै ठाउँमा बर्डफ्लु नियन्त्रण लिइसकेको छ । बर्डफ्लु पन्छीमा लाग्ने उच्च मृत्युदर भएको एक सङ्क्रामक रोग हो । उनले उपत्यकामा कागमा बर्डफ्लु देखिएपछि विशेष सावधानी अपनाउन आग्रह गरिएको बताए ।

विभागले विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्डफ्लु रोग नियन्त्रण कक्ष स्थापना गरी रोग देखिएको ठाउँमा सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा बर्डफ्लु रोग नियन्त्रण अभियान सञ्चालन गरिँदै आइएको छ ।

वि.सं.२०८३ असार १४ आइतवार १७:२४ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...

सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत

सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत

काठमाडौँ । प्रतिनिसिभाको आजको दोस्रो बैठकमा ‘सम्पत्ति शुद्धीकरण ‘मनि लाउण्डरिङ’...