back
CTIZAN AD

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

वि.सं.२०८३ असार १४ आइतवार

114 

shares

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा र जनअधिकारको सम्वद्र्धनका लागि वामपन्थी शक्तिहरुबीच सहकार्य जरुरी भएको बताएका छन् ।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयमा आज यहाँ आयोजित विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’ परिवर्तित सन्दर्भमा कम्युनिष्ट शक्तिबीच सहकार्य आवश्यक भएको बताए ।

संवैधानिक अधिकार रक्षाका निम्ति सबै राजनीतिक वामशक्तिबीच साझेदारी अपरिहार्य भएको उनकोे भनाइ थियो । ‘चाँडोभन्दा चाँडो समान विचार भएका दल एकताबद्ध हुन जरुरी छ,’ उनले भने ।

विगतका कमीकमजोरीको समीक्षा गर्न आफू तयार रहेको उल्लेख गर्दै संयोजक दाहालले राष्ट्रका सामु उत्पन्न चुनौतीको सबै नेता तथा कार्यकर्ताले मिलेर सामना गर्नुपर्ने बताए । लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्न आफू तत्पर रहेको संयोजक दाहालले बताए । यस्तो सहकार्य शीघ्र हुनुपर्नेमा उनकोे जोड थियो ।

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिष्ट एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिँदै युवापुस्ताको काँधमा ठूलो जिम्मेवारी आएको बताए । उनले देश र जनताको हितलाई केन्द्रमा राखेर कम्युनिष्ट शक्ति अगाडि बढ्नुपर्छ भने ।

कम्युनिष्ट पार्टीहरूले आत्ममूल्याङ्कन गर्न ढिलो भएको धारणा व्यक्त गर्दै नेता नेपालले एकता नै बल हो भन्ने वास्तविकता बिर्सन नहुने बताए ।

नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीहरुबीच एकताको विकल्प नभएको बताए । उनले एकताको प्रक्रिया प्रारम्भ गर्नुपर्नेमा जोड दिए ।

 

वि.सं.२०८३ असार १४ आइतवार १७:३४ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...

सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत

सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत

काठमाडौँ । प्रतिनिसिभाको आजको दोस्रो बैठकमा ‘सम्पत्ति शुद्धीकरण ‘मनि लाउण्डरिङ’...