back
CTIZAN AD

बलात्कारको आरोप लागेका सांसद बानियाविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०७८ फागुन ५ बिहीवार

768 

shares

काठमाडौं । बलात्कारको आरोप लागेका नेकपा एमालेका नेता तथा सांसद मोहन बानियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

पूर्वमन्त्री समेत रहेका बानियाले जुम्लाकी एक शिक्षिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेपछि जिल्ला अदालत बाँकेले बानियालाई पक्राउ गर्न आदेश दिएको हो ।

सांसद बानियाले ४० वर्षीया ती महिलालाई बाँकेमा रहेको अप्सरा होटलमा लगेर जवरजस्ती करणी गरेको आरोप लगाउँदै महिलाले जिल्ला प्रहरी कार्यालय बाँकेमा बिहीबार जबरजस्ती करणी मुद्दा दर्ता गरेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेका अनुसार पीडित महिलाको जाहेरीका आधारमा बानियाविरुद्ध सोमबार नै पक्राउ पुर्जी जारी गरिएको हो । प्रवक्ता न्यौपानेले पक्राउ पुर्जी जारी भएका बारे सदनलाई समेत जानकारी दिइएको बताएका छन् ।

बानियाँ भन्छन्–शिक्षिकासँग चेक बाउन्समा झगडा भएको हो

सांसद बानियाले यसबारेमा आपत्ति जनाउँदै शिक्षिकासँग चेक बाउन्सको झगडा चलिरहेका बेला यस्ता समाचार आएको भन्दै आपत्ति जनाएका छन् ।

आफुमाथि बानियाले जवरजस्ती करणी गरेको महिलाले जाहेरी दिएपछि बानियाँले सामाजिक संजालमार्फत् भनेका छन्–‘केही दैनिक समाचार पत्र र केही अनलाइन मिडियाले सत्यतथ्य नबुझी एउटा शिक्षिकासँग नाम जोडेर छापिएको अती भ्रामक समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरो मान मर्दनमाथी गम्भीर चोट पुगेको छ म सँग जोडिएको शिक्षिकासँग चेक बाउन्स सम्बन्धी झगडा चलेकै बेला यस्तो कथित काम नि हुनसक्छ कि सक्दैन त्यो जो कोहीले नि अनुमान लगाउन सक्ने कुरा हो ।’

सांसद बानियाँले आबश्यक पर्दा धेरै प्रमाणहरु आफुसँग सुरक्षित रहेको बताउँदै बेइज्जतीको ढोका नखोलौ भनेर आफू चुप बसेको समेत बताएका छन् ।

यो त धोका र बेइमानीको ठुलो परकाष्ठा हो त्यसैले मिडियाहरुले सत्य तथ्य बुझेर लेख्दा उचित होला कति मान्छे कसरी भिक्टिम भएका हुन्छन भन्ने नि बुझ्न जरुरी छ ।’ उनले लेखेका छन् ।’

वि.सं.२०७८ फागुन ५ बिहीवार ०९:३३ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...