back
CTIZAN AD

एमसीसी टुंगो लगाउन सत्तारुढ गठबन्धनको बैठक बस्दै

वि.सं.२०७८ फागुन ५ बिहीवार

705 

shares

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताका विषयमा टुंगो लगाउन सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।

आज दिउँसो ३ बजे बस्ने बैठकमा एमसीसी संसदमा टेबुल गर्ने विषयमा छलफल हुने भएको छ ।

शुक्रवार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेवुल गर्नका लागि विशेषत सत्तारुढ गठबन्धन दलभित्र सहमति जुटाउन बैठक बस्न लागेको हो ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेवुल गर्ने भनेर सत्तारुढ गठबन्धन नेतृत्व दल नेपाली कांग्रसेले प्रस्ताव एमसीसीभित्रका आपत्तिजनक केही बुँदा संशोधन नगरी संसदमा टेबुल गर्न नपाउने र टेवुल गरिएमा सरकार र गठबन्धनबाट बाहिरीने माओवादी केन्द्रको अडानपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेका थिए ।

बुधवारको संसद बैठकमा एमसीसी टेबुल गर्ने कांग्रेसको निर्णयपछि सत्तामै रहेको माओवादी केन्द्र, उसका भातृ संगठन, नेकपा एकिकृत समाजवादी पार्टी तथा उसका भातृसंगठन, राष्टिय प्रजातन्त्र पार्टी लगायतका एमसीसी विरोधि अभियन्ताहरुले बानेश्वर परीसरमा एमसीसी विरोधि प्रदर्शन गरेका थिए ।

बुधवार सहमति नजुटेपछि दुई दिनभित्र दलहरुबीच यसबारेमा छलफल जुटाएर शुक्रवारको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गरिने पनि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले बताएका छन् ।

वि.सं.२०७८ फागुन ५ बिहीवार ०९:०५ मा प्रकाशित

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...