back
CTIZAN AD

दुई वर्षभित्र १० हजार क्रिकेट खेलाडी उत्पादन गर्ने गरी काम सुरु

वि.सं.२०७८ फागुन ५ बिहीवार

1.1K 

shares

मोरङ । मालव्यून क्रिकेट क्लब संयुक्त अधिराज्य अमेरिका र नेपाल क्रिकेट फाउण्डेशनले आगामी दुई वर्षभित्र १० हजार विद्यालयस्तरबाट दक्ष क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ कार्य सुरु गरेको छ ।

फाउण्डेशनद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ को मोरङ, धनकुटा र मधेश प्रदेशका आठ जिल्लाका विद्यालयस्तरका युवायुवतीलाई क्रिकेटसम्बन्धी दक्षता अभिवृद्धि गर्न प्रयोगात्मक प्रशिक्षण र सिद्धान्तसम्बन्धी ज्ञान दिने जानकारी दिइएको छ ।

मेलव्यून क्लबका निर्देशक एन्गुस बेरीले आगामी दुई वर्षका लागि नेपालका विद्यालयस्तरमा छात्रछात्रालाई विशेष प्रशिक्षण दिन वार्षिकरुपमा रु ३० लाख सहयोग गर्ने जानकारी दिए ।

उनले प्रशिक्षणबाट उत्कृष्ट भएका नेपाली खेलाडीको एक समूह गठन गरी भविष्यमा संयुक्त अधिराज्य अमेरिका र ओमानलगायत अन्य देशमा प्रतियोगितामा सहभागी गराइने बताए । फाउण्डेशनका संयोजक अभिशेषक श्रेष्ठले तल्लो तहबाट युवा महिला खेलाडीलाई क्रिकेट सम्बन्धित ज्ञान दिई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेल्नका लागि सक्षम बनाउन प्रशिक्षणको आयोजना गरिएको बताए ।

उनले आफूले सन् २०१६ देखि विराटनगरमा प्रशिक्षण सुरु गरी हालसम्म १४ जना राष्ट्रियस्तरका महिला खेलाडी उत्पादन गर्न सक्षम भएको जानकारी दिए । संयुक्त अधिराज्यका तेस्रो तहका क्रिकेटका प्रशिक्षकद्वय साना वेग लि र जोनाथन वुथाले क्रिकेटप्रति छात्रछात्राको आकर्षण वृद्धि गरी आयआर्जनमा सक्षम बनाउन प्रशिक्षणको आयोजना गरिएको जानकारी दिए ।रासस

वि.सं.२०७८ फागुन ५ बिहीवार ०८:३५ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...