back
CTIZAN AD

कति वर्ष नाघेका ज्येष्ठ नागरिकलाई गाउँपालिकाले सहायता गर्यो त ?

वि.सं.२०७८ फागुन ५ बिहीवार

861 

shares

बागलुङ । ज्येष्ठ नागरिकको जीवनयापनलाई सहज बनाउन ताराखोला गाउँपालिकाले ८५ वर्ष नाघेका सबैलाई फाइबर सिरक र टर्च लाइट प्रदान गरेको छ ।

पाँचवटै वडामा गरी ८३ ज्येष्ठ नागरिकलाई ती सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । ज्येष्ठ नागरिकको सम्मानार्थ गाउँपालिकाले चालु आवमा रु दुई लाख ५० हजार बजेट छुट्टयाएको थियो । सोही बजेटबाट ८५ वर्षमाथिका सबै नागरिलाई सम्मान र सहायता सामग्री प्रदान गरिएको गाउँपालिकाका प्रशासन सहायक जीत सुनारले बताए ।

“यो गाउँपालिकाको नियमित कार्यक्रम नै हो, गत वर्ष कोभिडका कारण सामग्री वितरण गर्न सकिएको थिएन, अहिले वडा तहमै गएर प्रदान ग¥र्यौं”, उनले भने । गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुनले ज्येष्ठ नागरिकको सम्मानस्वरुप उपयोगी सामग्री प्रदान गरिएको बताए ।

बजेटले भ्याएमा ८५ वर्षभन्दा कम उमेरका भए पनि द्वन्द्व प्रभावित र अतिविपन्न परिवारका ज्येष्ठ नागरिकलाई पनि फाइबर सिरक र टर्च लाइट प्रदान गरिने उनको भनाइ छ । उपाध्यक्ष पुनले ज्येष्ठ नागरिक सम्मानलाई बर्सेनि निरन्तरता दिइने उल्लेख गरे । “उमेर बढ्दै जाँदा ज्येष्ठ नागरिकलाई आइपर्ने समस्यामा गाउँपालिका सहयोगी बनेको हो, ज्येष्ठ नागरिकमैत्री नीति, कार्यक्रम ल्याउन हाम्रो सधँै पहल रहन्छ”, उनले भने । यहाँका अन्य स्थानीय तहले पनि ज्येष्ठ नागरिलाई लक्ष्य गरी यस किसिमका सहायता कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

वि.सं.२०७८ फागुन ५ बिहीवार ११:५० मा प्रकाशित

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण...

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन,...

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

काठमाडौँ । बेमौसमी वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण...

प्रतिनिधिसभाः असार अघि नै मल, बीउ र कृषि औजार उचित व्यवस्थापन गर्न माग

प्रतिनिधिसभाः असार अघि नै मल, बीउ र कृषि औजार उचित व्यवस्थापन गर्न माग

काठमाडौँ । सांसदहरुले वर्षा लागेसँगै धान रोप्ने समय नजिकिँदै गएको...

क्रिकेटः स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

क्रिकेटः स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज जारी खेलमा...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय...