back
CTIZAN AD

विद्युतगृहमा उपकरण जडान कार्य तीव्र

वि.सं.२०७८ फागुन ५ बिहीवार

654 

shares

रसुवा । उत्तरी रसुवास्थित रसुवागढी जलविद्युत् आयोजनाको विद्युतगृहमा उपकरण जडान कार्य तीव्ररूपमा अगाडि बढाइएको छ । आयोजनाका अधिकांश संरचना निर्माण भई कोभिड सङ्क्रमणको असरले बाँकी रहेको विद्युतगृहका उपकरण जडान कार्य हाल धमाधम अगाडि बढेको छ ।

भूमिगत संरचनाबाट निर्माण भइरहेको सो आयोजनाको विद्युतगृहमा फ्रान्सिस नामक तीन टर्वाइन जडान हुने सिनियर इलेक्ट्रिकल इञ्जिनियर महेन्द्र यादवले जानकारी दिए । एक सय ११ मेगावाट क्षमताको विद्युत् आयोजनाका उपकरण जडान गर्न जिम्मा लिने भोइथ भारतीय कम्पनीमार्फत दैनिक ६० प्राविधिक जनशक्तिले तीव्ररूपमा जडान गरिरहेका छन् ।

उपकरण जडान कार्य दैनिक १२ घण्टा हुने गरेको छ । दुई महिनाको अन्तरालमा इलेक्ट्रिकल प्यानल जडान गर्ने काम भइसकेको बताइन्छ । रसुवागढी नजिक भोटेकोशीमा बाँधेर विद्युतगृहमा प्रतिसेन ८० घन मिटर पानी पठाउने डिजाइनअनुरूप चार हजार १८५ मिटर हेड्ररेस सुरुङसमेतका संरचना निर्माण भइसकेको आयोजनाका प्रमुख सत्यराम ज्याख्वले जानकारी दिए । उपकरण जडानका साथसाथै आयोजना प्रभावित क्षेत्रका बासिन्दामाझ दिनुपर्ने सुविधाका काममा समेत सहयोग हुँदै आएको छ ।

आयोजनाले भोटेकोशी-दालगाउँ पाँच किमी, रोङ्गा-थुमन १३ किमी सडक टिमुरेमा तातोपानी पोखरी निर्माण, टिमुरे र थुमन क्षेत्रको पूरै भागमा विद्युतीकरण, थुमनमा गुम्बा निर्माण, दालगाउँमा विद्यालय भवन, टिमुरेमा भित्री सडक निर्माणका साथै ढलको व्यवस्थापन कार्य सम्पन्न गरेको छ ।

यसैगरी खैदी सडक निर्माणमा आर्थिक सहयोग, धुञ्चेस्थित लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालय भवन निर्माण, टिमुरे गाउँको फोहरमैला व्यवस्थापनका लागि ट्र्याक्टर प्रदान, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा स्वास्थ्यकर्मी तथा शिक्षक व्यवस्थापनजस्ता विविध प्रकारका थुप्रै सेवा प्रदान गरेको आयोजनाले जनाएको छ । वन क्षेत्रमा बिरुवा रोपण, डढेलो नियन्त्रण कार्यक्रमका साथै वर्षायामको समयमा स्याफ्रु-रसुवागढी राजमार्गमा हुने अवरोध हटाई यातायात सञ्चालनबाट भन्सार राजस्व असुलीमा समेत उल्लेखनीय सहयोग गर्दै आएको छ ।
रासस/फाइल फोटो

वि.सं.२०७८ फागुन ५ बिहीवार १२:२३ मा प्रकाशित

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण...

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन,...

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

काठमाडौँ । बेमौसमी वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण...

प्रतिनिधिसभाः असार अघि नै मल, बीउ र कृषि औजार उचित व्यवस्थापन गर्न माग

प्रतिनिधिसभाः असार अघि नै मल, बीउ र कृषि औजार उचित व्यवस्थापन गर्न माग

काठमाडौँ । सांसदहरुले वर्षा लागेसँगै धान रोप्ने समय नजिकिँदै गएको...

क्रिकेटः स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

क्रिकेटः स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज जारी खेलमा...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय...