back
CTIZAN AD

सात महिनामा १२ अर्ब भन्दा बढी राजस्व सङ्कलन

वि.सं.२०७८ फागुन ५ बिहीवार

684 

shares

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)स्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु १२ अर्ब ३० करोड राजस्व सङ्कलन गरेको छ । गत साउनदेखि माघ मसान्तसम्म रु १२ अर्ब ६१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा रु ३१ करोड कम राजस्व सङ्कलन भएको उक्त कार्यालयले जनाएको हो । सबैभन्दा बढी राजस्व अन्तःशुल्क शीर्षकमा रु ११ अर्ब ७५ करोड ७२ लाख सङ्कलन भएको छ । जस्मा रु १२ अर्ब ५५ करोड ६ लाख राजस्व असुली गर्ने लक्ष्य लिइएको प्रमुख कर अधिकृत टेकबहादुर अर्यालले जानकारी दिए ।

आयकरमा रु ३० करोड ७७ लाख ९७ हजार,मूल्य अभिवृद्धि कर (भ्याट)मा रु १७ करोड २७ लाख ९० हजार, ब्याजमा रु तीन करोड १४ लाख २० हजार, स्वास्थ्य सेवामा रु एक करोड ८३ लाख ७० हजार र घरबहाल करमा रु ८२ लाख ५२ हजार राजस्व सङ्कलन भएका उनको भनाइ थियो । कार्यालयले लक्ष्यअनुसारको राजस्व असुली गर्नका लागि करदाता शिक्षालाई प्रभावकारी रुपमा अगाडि लैजाने तयारी गरिरहेको प्रमुख कर अधिकृत अर्यालले बताए ।

 

वि.सं.२०७८ फागुन ५ बिहीवार १३:०३ मा प्रकाशित

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय...

घूस लिएको अभियोगमा मुद्दा दायर

घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा...

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण...

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन,...

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

काठमाडौँ । बेमौसमी वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण...

प्रतिनिधिसभाः असार अघि नै मल, बीउ र कृषि औजार उचित व्यवस्थापन गर्न माग

प्रतिनिधिसभाः असार अघि नै मल, बीउ र कृषि औजार उचित व्यवस्थापन गर्न माग

काठमाडौँ । सांसदहरुले वर्षा लागेसँगै धान रोप्ने समय नजिकिँदै गएको...