back
CTIZAN AD

क्यानडा ८० रनमा अलआउट, सन्दिप लामिछानेको घातक बलिङ्ग

वि.सं.२०७८ फागुन ९ सोमवार

849 

shares

९ फागुन, काठमाडौँ । आइसिसी टी-२० विश्वकप छनोट अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ्ग गरेको क्यानडालाई नेपालले ८० रनमा अलआउट गरेको छ ।

क्यानडाको टिम १५ ओभरमा ८० रन बनाएर अलआउट हुन पुगेको हो । क्यानडाका लागि ब्याटिङ्गमा रायन पठानले १४, नवनीत धालिवालले १८, सलमान नजरले १० र डिलन हेलिगरले २४ रन बनाएका थिए । क्यानडाका यी चार खेलाडी बाहेक अरु खेलाडीले दोहोरो अकंमा रन जोड्न सकेनन् । नेपालका लागि बलिङ्गमा सन्दिप लामिछानेले घातक बलिङ्ग गर्दै सर्वाधिक ३ विकेट हात पारेका थिए । त्यसैगरी कमल सिंह ऐरीले २, अविनाश बोहराले २ र कुशल मल्लले १ विकेट लिएका थिए ।

आइसिसी टी-२० विश्वकप छनोट अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा जित हासिल गर्नको लागि नेपालले २० ओभरमा ८१ रन बनाउन पर्ने छ ।

 

वि.सं.२०७८ फागुन ९ सोमवार १६:५८ मा प्रकाशित

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० टोली सुदूरपश्चिम रोयल्स र मार्भल...

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

काठमाडौँ। सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय...

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा ठगीका घटनाप्रति सचेत रहन...

छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन

छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन

जनकपुरधाम । बजारमा देखिएको आर्थिक तरलताका बाबजुद आन्तरिक राजस्व कार्यालय...

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु, एक्लै नहिडन सुझाव 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु, एक्लै नहिडन सुझाव 

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर...