back

एमसीसीको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

वि.सं.२०७८ फागुन ९ सोमवार

525 

shares

काठमाडौं । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) एमसीसीको विपक्षमा उभिने भएको छ । सोमबार बसेको समाजवादीको सचिवालय बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

उनले आफ्नो पार्टीका सबै सांसद र मन्त्रीहरूले एमसीसीको विपक्षमा मतदान गर्ने बताए। एकीकृत समाजवादीले पहिलो पटक एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।

“एमसीसीसम्बन्धी प्रस्तावको विपक्षमा सबै सांसद र मन्त्रीहरूले मतदान गर्नुहुन्छ, यसमा स्वविवेक प्रयोग गर्ने भन्ने हुन्न”, खतिवडाले भने, “हामी अरु दललाई पनि विपक्षमा मतदान गर्न आग्रह गर्छौं ।”

उनले विपक्षमा मतदान गर्दा सरकारमा बस्ने नबस्ने कुरा खुलाएनन् तर, सरकार राष्ट्रियताभन्दा ठूलो कुरा नभएको उनको भनाई छ ।

एमसीसीको विषयमा एकीकृत समाजवादीभित्र धेरै धार देखिएका छन् । केही नेताहरु निःशर्त एमसीसी अस्वीकार गर्ने पक्षमा छन् भने केही संशोधन भएमा स्वीकार गर्न सक्ने भन्ने पक्षमा छन् । आइतबार एमसीसी टेबल गर्दा नेता झलनाथ खनालले उठेरै नाराबाजी गरेका थिए ।

वि.सं.२०७८ फागुन ९ सोमवार १७:५६ मा प्रकाशित

Himalayan Life AD
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

पाटन (ललितपुर) । नेपाली कांग्रेसका युवाहरूले ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी...

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले...

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको ‘जेनजी’...

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक काठमाडौ...

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

  गोरखा । यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट रु १५...