back
CTIZAN AD

मन्त्री आलेको एक्सनपछि रोयल्टी तिर्दै क्यासिनो व्यवसायी, ८१ करोड बढी राजस्व संकलन

वि.सं.२०७८ फागुन ९ सोमवार

1K 

shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले वर्षौंदेखी बक्यौता भुक्तानी नगरेको होटल याक एण्ड यतिलाई कारबाही गरेपछि क्यासिनो सञ्चालकहरुको तर्फबाट सरकारलाई रोयल्टी तिर्नेक्रम बढेको छ ।

फागुन ८ गते आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट ८१ करोड रुपैयाँ राजस्व संकलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताएका छन् ।

मन्त्री आलेले केही हप्ता पहिले क्यासिनोको रोयल्टी नतिर्नेको लाइसेन्स खारेज हुने चेतावनी दिएपछाडि क्यासिनो सञ्चालकले धमाधम रोयल्टी बुझाउन थालेको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार क्यासिनो सञ्चालकले सरकारलाई भुक्तान गर्नुपर्ने बक्यौता रकम अब जम्मा रकम १ अर्ब ११ करोड ८४ लाख ४७ हजार रुपैयाँ मात्रै रहेको छ ।

यसैगरी मन्त्री आलेकै निर्देशनमा क्यासिनोको रोयल्टी वर्षौसम्म पनि नतिर्ने काठमाडौँको दरबारमार्गमा रहेको होटेल याक एण्ड यतीको लाइसेन्स खारेज गरिएको छ ।

पर्यटन विभागका अनुसार अहिलेसम्म १७ कम्पनीले रोयल्टी तिर्नुपर्ने बक्यौता बुझाइसकेका छन् । गोल्डेन फिङ्गर गेमिङ् जोन प्रालीले समेत नयाँ क्यासिनो व्यवसाय सञ्चालन गरेबापत २ करोड ५० लाख रुपैयाँ रोयल्टी बुझाएसँगै सरकारको खातामा क्यासिनो रोयल्टीबापत ८१ करोड रुपैयाँ रकम जम्मा भएको हो । अब छ वटा कम्पनीले रोयल्टी नवीकरण दस्तुर बुझाउन बाँकी रहेको विभागले जनाएको छ ।

मन्त्री आलेले आफ्नो मन्त्रालयमातहतमा रहेर गरिने क्रियाकलापलापलाई कानुनी दायरामा ल्याउनको लागि सक्रियतापुर्वक पहल गरिरहेका छन् । मन्त्री आलेले क्यासिनो सञ्चालन गरेर रोयल्टी भुक्तानी नगर्नेको तिनपुस्ते सार्वजनिक गर्न निर्देशन दिएसंगै विभागले रोयल्टी नतिर्ने क्यासिनो सञ्चालकको तीनपुस्ते विवरण समेत सार्वजनिक गरेको छ । जसकारण रोयल्टी तिर्न आनाकानी गर्ने व्यवसायीहरुलाई दबाब सिर्जना भएको छ ।

वि.सं.२०७८ फागुन ९ सोमवार २१:१५ मा प्रकाशित

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा...

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

सिद्धार्थनगर (भैरहवा) । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...