back
CTIZAN AD

माओवादी केन्द्रद्धारा स्थानीयतहको निर्वाचनमा केन्द्रित हुन सर्कुलर

वि.सं.२०७८ फागुन ९ सोमवार

825 

shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सबै पार्टी पङ्क्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक सर्कुलरमार्फत स्थानीय तहको निर्वाचनको प्रक्रियामा जुट्न र पार्टी सङ्गठनलाई क्रियाशील बनाउन निर्देशन दिएका छन् ।

केन्द्रीय समितिको बैठक बसेर ठोस कार्ययोजना तयार नहुँदासम्मका लागि सर्कुलरका आधारमा पार्टीको गतिविधिलाई अगाडि बढाउन र स्थानीय तहको वडासम्म उम्मेदवारको रोष्टर तयार पार्न भनिएको छ । सर्कुलरमा जिल्ला समन्वय समिति, नगर, गाउँ वडालगायत सबै तहका पार्टी समिति र विधानले व्यवस्था गरेबमोजिम सबै तहका ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति, परिषद् र विभागलाई पूर्णता दिन आग्रह गरिएको छ ।

एक वडा न्यूनतम तीन टोल, एक टोल न्यूनतम एक सेल हुनुपर्ने पार्टीको निर्णयलाई लागू गर्दै सबै सङ्गठित सदस्यलाई पार्टी समिति, विभाग र निकायमा सङ्गठित गर्नुपर्नेछ ।

एक सङ्गठित सदस्य बराबर न्यूनतम दुई पार्टी सदस्य हुने गरी सदस्यता वितरणलाई व्यापक बनाउनुपर्नेछ । आवश्यकताअनुसार नयाँ सङ्गठित सदस्यतासमेत वितरण गर्नुपर्नेछ । केन्द्रीय सदस्य वा प्रदेश पदाधिकारीको सहभागितामा प्रदेशको बैठक तत्काल बस्ने, जिल्ला समन्वय समितिको बैठक यही फागुन १२ गतेसम्म बसी आवश्यक साङ्गठनिक काम गर्नसमेत निर्देश गरिएको छ ।

नगर र गाउँपालिकामा पार्टी केन्द्रीय सदस्य वा वरिष्ठ नेतृत्वको संयोकजत्वमा निर्वाचन परिचालन मूल परिचालन समिति बनाउनुपर्नेछ । निर्वाचनको तयारीलाई व्यवस्थित बनाउन तत्काल वडास्तरमा सङ्गठित सदस्यहरू, जबस मोर्चा र पेसागत सङ्गठनका नेताहरु, पार्टी समर्थक बुद्धिजीवी र विषय विज्ञ सम्मिलित निर्वाचन परिचालन समिति बनाउनुपर्नेछ ।

यस्तै मूल समितिअन्तर्गत अध्ययन सर्वेक्षण तथा विश्लेषण, स्वयम्सेवक परिचालन, सूचना सञ्चार तथा प्रचारको कामलाई व्यवस्थित गर्नुपर्नेछ ।

हरेक वडाको राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको सङ्क्षिप्त रिपोर्ट तयार पार्ने, गत स्थानीय तहको निर्वाचनको मत परिणामको तथ्याङ्कगत आधारमा समीक्षा गर्ने र विजय पराजयको आधार र कारणको पहिचान गर्न निर्देशन दिइएको छ ।

वडामा सक्षम, इमान्दार र लोकप्रिय उम्मेदवारको रोष्टर तयार पार्नसमेत माओवादीले सबै वडा समितिलाई निर्देशन दिएको छ ।

वडाका विकास निर्माणका आवश्यक योजनाको पहिचान र प्राथमिकीकरण गर्ने, आदिवासी, जनजाति, दलित, अल्पसङ्ख्यक आदिको नामावली र अन्य आवश्यकताको पहिचान गर्ने एवम् वडामा सकारात्मक प्रभाव पार्न सक्ने व्यक्तिको पहिचान गर्न भनिएको छ । यस्तै, सबै वडा र टोलमा पार्टी कार्यालय वा सम्पर्क कार्यालय खोल्नसमेत अध्यक्ष प्रचण्डले निर्देशन दिएका छन् ।

 

वि.सं.२०७८ फागुन ९ सोमवार २०:५५ मा प्रकाशित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा...

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

सिद्धार्थनगर (भैरहवा) । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...