काठमाडौं । रुसको आक्रमणका कारण उत्पन्न परिस्थितिका कारण युक्रेनमा रहेका नेपालीहरु समस्यामा परेका छन् ।
यहि अवस्थालाई मध्येनजर गर्दै नेपाली दूतावास जर्मनीले युक्रेनसँग सीमाना जोडिएका छिमेकी मुलुकहरु गणतन्त्र स्लोभाकिया, पोल्याण्ड र हँगेरीले युक्रेनबाट निस्कन चाहाने विदेशी नागरिकलाई मानवीयताको आधारमा आफ्नो मुलुकमा प्रवेशका लागि बोर्डर खुला गरेको जानकारीसहित सुरक्षित साथ त्यसतर्फ लाग्न आग्रह गरेको हो ।
‘सीमा नाकामा प्रवेश गर्ने क्रममा आफ्नो परिचयपत्र कागजात, राहदानी वा यात्रा अनुमतिपत्र, आवस्यक पर्ने भएमा आफ्नो नेपाली राहदानीको फोटोकपी १ र डिजीटल फोटो १ तलको ठेगानामा उपलब्ध गराउन तथा सम्पर्क गर्न अनुरोध छ ।’ दूतावासद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।’


वि.सं.२०७८ फागुन १४ शनिवार ०८:२३ मा प्रकाशित






























