back
CTIZAN AD

रुस–यूक्रेन युद्ध खतरनाक मोडमा, पुटिनको सन्देशले विश्वभरि बढ्यो त्रास

वि.सं.२०७८ फागुन १६ सोमवार

1K 

shares

काठमाडौं । पाँच दिनदेखि चलिरहेको रुस–युक्रेन युद्ध थप खतनाक मोडमा पुगेको छ । युद्धमा पश्चिमा देशहरुले सहयोग गर्न थाल्नु र बेलारुससमेत सहभागि हुनुले युद्ध थप खतरनाक मोडमा पुगेको हो ।

अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार युद्धमा आणविक हतियारको समेत प्रयोग हुनसक्ने सम्भावना देखिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दिएको पछिल्लो सन्देशले सो सम्भावनालाई बढाएको हो । पश्चिमा मुलुकबाट बढ्दो दबाबपछि पुटिनले आणविक सेनालाई तयार रहन निर्देशन दिएका थिए ।

राष्ट्रपति पुटिनले रुसी सेनालाई रणनीतिक महत्वका परमाणुअस्त्रहरू विशेष सतर्कतासहित तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । क्रेम्लिनमा सुरक्षानिकायका प्रमुखहरूसँग गरेको एउटा बैठकमा उनले पश्चिमा राष्ट्रहरूले रुसप्रति अमित्रतवत् कार्य गरेको टिप्पणी गर्दै यस्तो निर्देशन गरेका थिए ।

पुटिनको सन्देशसँगै सोमबार युक्रेनको खार्किभ र कीभमा निकै नै शक्तिशाली विस्फोटहरू भएका छन् । सञ्चारमाध्यमका अनुसार उक्त विस्फोट यसअघिका भन्दा निकै नै शक्तिशालीसमेत रहेका छन् ।

रुसलाई सघाउन बेलारुसले सेना पठायो

रुसी सेनालाई आधारक्षेत्र प्रदान गरेको बेलारुसले युक्रेनमा गरिएको आक्रमणमा सघाउन आफ्नो सेना नै पठाउने निर्णय गरेको छ । बीबीसीले जनाएअनुसार बेलारुसले युक्रेनमा हजारौंको संख्यामा आफ्नो फौज परिचालन शुरू गरेकाे हाे ।

लामो समयदेखि रुसको साझेदारका रूपमा रहेको बेलारुसको उत्तरी सीमा युक्रेनसँग जोडिएको छ। उसले यूक्रेन कदमको विरोध गर्दै रुसलाई सघाइरहेको छ ।

रुसी फौजद्वारा चारै तर्फबाट हमला

रुसी फौजले यूक्रेनमा लगभग सबै दिशाबाट हमला गरिरहेको छ । लडाइँबारे पछिल्लो विवरण दिँदै युक्रेनी सशस्त्र फौजका प्रमुखले आफ्नो सेनाका लागि आइतबार ‘निकै नै कठिन समय’ भएको फेजबुक पेजमा लेखेका छन्।

उनका अनुसार रुसी फौजले ‘लगभग सबै दिशाबाट हमला जारी राखेको’ छ। रुसी सेनाले आक्रमण गरे पनि खार्किभ युक्रेनी फौजकै नियन्त्रणमा रहेको त्यहाँका गभर्नरले बताएका छन्।

रुसका विरुद्ध लड्न १ लाख सेना परिचालन

रुसले युक्रेनमा आक्रमण जारी राखेपछि त्यसका विरुद्धमा युक्रेनले पनि कम्तीमा पनि १ लाख सेना परिचालन गरेको जनाएको छ ।  युक्रेनको सेना प्रमुख भेलरी जालुज्नीले सो कुराको जानकारी दिएका छन । उनले फेसबुकमार्फत् भनेका छन्, ‘युक्रेनले १ लाखभन्दा बढी सैनिक परिचालन गरेको छ र तीमध्ये अधिकांश सीमा सुरक्षा क्षेत्रमा कार्यरत सेना रहेका छन् ।’

अहिले पनि रुसको सेनाले युक्रेनको राजधानी किभ सहर घेरा हालेका बताइएको छ । रुसले आफूलाई पक्राउ गर्न खोजेको तर, सफल नभएको युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्की बताएका छन् ।

यसैबीच, युद्धरत दुवै देशहरू चेर्नोबिलमा छलफल गर्न सहमत भएका छन्। बीबीसीले बताएअनुसार तर, यसले युद्ध अन्त्य हुन्छ भन्न भने सहज छैन ।

वि.सं.२०७८ फागुन १६ सोमवार १२:१७ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...