back
CTIZAN AD

हात्तीपाइले विरुद्धको औषधि खुवाउने तयारी

वि.सं.२०७८ फागुन १६ सोमवार

771 

shares

विराटनगर । हात्तीपाइले विरुद्धको औषधि मोरङमा यही फागुन २८ गतेदेखि खुवाउने तयारी भएको छ । मोरङको कूल जनसङ्ख्या ११ लाख ११ हजार १४६ मध्ये १० लाख ७४ हजार ७९० जनालाई सो रोगविरुद्धको औषधि खुवाउने जनस्वास्थ्य प्रमुख सुरेश मेहताले जानकारी दिए ।

गएको वर्षमा ८३ प्रतिशत नागरिकलाई खुवाइएको सो औषधि यसवर्ष ९० प्रतिशतलाई खुवाउने अभियान तीव्र पारेको आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख मेहताले बताए । औषधि खुवाउन लगभग १४ दिनसम्म अभियान चल्ने बताइएको छ ।

औषधि नखाने व्यक्तिका कारण नियमित खाइरहने मानिसलाई थप औषधि खाइरहनु पर्ने भएको यो अभियानलाई सफल बनाउन सबैले आ–आफ्नो तहबाट सहयोग गर्नु पर्ने जनस्वास्थ्य अधिकृत धरणीधर निरौलाले बताए । मोरङको सुनवर्षी नगरपालिकामा ३०० मानिसलाई नमूना परीक्षण गर्दा २४ जनामा हात्तीपाइले रोगको लक्षण देखिएकाले सो क्षेत्रमा हात्तीपाइले विरुद्धको औषधि खुवाउन कुनै पनि नागरिकलाई छुट्न नदिन विशेष ध्यान दिइने प्रमुख मेहताको भनाइ छ ।

हात्तीपाइले विरुद्धको औषधि खुवाउने यस वर्ष ११ औँ चरण हो भन्दै यसमा इभरमेटिन, डिइसी र अल्बेन्डाजोल औषधि खुवाउने जनस्वास्थ्य निरीक्षक रामकुमार लामाले बताए । उनले गर्भवती महिला तथा छारे रोग भएको मानिसले यो औषधि खानु हुँदैन भने औषधि खुवाउने लक्षित समूह दुई वर्ष माथि उमेरका हुन भने ।

वि.सं.२०७८ फागुन १६ सोमवार १२:२५ मा प्रकाशित

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...