back
CTIZAN AD

एमसीसी अनुमोदन हुँदा देश दुर्घटनाबाट बच्यो : प्रचण्ड

वि.सं.२०७८ फागुन १६ सोमवार

810 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी अनुमोदन हुँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् । सोमबार विशेष पत्रकार सम्मेलन गर्दै उनले एमसीसी अनुमोदन हुँदा देश दुर्घटनाबाट बच्यो भनेर खुशी लागेको बताएका हुन् ।

प्रचण्डले एमसीसीकै कारण शान्ति सम्झौता दुर्घटनामा पर्ने, संविधान डिरेल हुने र गठबन्धन टुट्यो भने धेरै चिज उल्टिने खतरा देखेपछि बीचको बाटो खोजेर एमसीसी अनुमोदन गरेको बताए ।

“राष्ट्रिय सहमति बनोस् भनेर लागे तर, भएन । यसले त शान्ति प्रक्रिया, संविधान र लोकतन्त्र खतरा पर्ने देखेँ”, प्रचण्डले भनेका छन्, “त्यसैले यो निर्णयमा पुगिएको हो, म खुसी छु, देश दुर्घटनाबाट बच्यो ।”

देशलाई दुर्घटनामा जान नदिन व्याख्यात्मक घोषणा गरेर एमसीसी अनुमोदनको लागि पार्टीमा निर्णय गराएको उनले बताए । एमसीसीलाई संसदबाट संकल्प प्रस्ताव पारित गर्ने नेकपा कालमा नै प्रस्ताव गरेको तर, त्यो बेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको आरोप लगाएका छन् ।

वि.सं.२०७८ फागुन १६ सोमवार १५:५९ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...