back
CTIZAN AD

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

वि.सं.२०८३ साउन ८ शुक्रवार

192 

shares

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका विभिन्न पालिकाका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण कार्यलाई तीव्रता दिएको छ ।

सोही क्रममा आज कनकाई नगरपालिका–३ का थप पाँच परिवारलाई एक कार्यक्रमबीच जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको छ । पुर्जा प्राप्त गर्नेमध्ये एक परिवार भूमिहीन दलित र चार परिवार अव्यवस्थित बसोबासी रहेका छन् ।

पाँचै परिवारलाई झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य शम्भुप्रसाद ढकालले जग्गाधनी दर्ता प्रमाण पुर्जा हस्तान्तरण गर्नुभयो । यसअघि बिहीबार अर्जुनधारा नगरपालिका–११ का १७ अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको थियो ।

गत असार २९ गते बुद्धशान्ति गाउँपालिकाका पाँच अव्यवस्थित बसोबासी परिवारले लालपुर्जा प्राप्त गरेका थिए । लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा प्राप्त गरेपछि कानुनी रूपमा जग्गाधनी बन्ने आधार प्राप्त गरेका छन् । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीका समस्या दीर्घकालीन रूपमा समाधान गर्ने लक्ष्यसहित लालपुर्जा वितरण अभियानलाई प्राथमिकताका साथ अघि बढाएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष शिवराम गेलालका अनुसार सरकारले निर्धारण गरेको ६०० दिनको कार्ययोजनाभित्र जिल्लाका सबै भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गर्ने लक्ष्यसहित काम भइरहेको छ ।

पुर्जा वितरणका क्रममा देखिएका समस्यालाई वडा, नगरपालिका, जिल्ला हुँदै केन्द्रस्तरसम्म समन्वय गरेर समाधान गर्दै तोकिएकै समय सीमाभित्र सबै वास्तविक लाभग्राहीलाई लालपुर्जा वितरण गर्ने योजनाअनुसार अभियान अघि बढाइएको उहाँले बताउनुभयो । नापी कार्यालय भद्रपुरका प्रमुख तथा जिल्ला भूमि समस्या समाधान समितिका सदस्य सचिव शिवप्रसाद लम्सालका अनुसार जिल्लाका सबै स्थानीय तहमा यो प्रक्रिया तीव्रताका साथ अघि बढेको छ ।

वि.सं.२०८३ साउन ८ शुक्रवार १८:०३ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...