back
CTIZAN AD

द्धन्द्धरत युक्रेनमा रहेका नेपालीलाई सुरक्षित पोल्याण्ड ल्याउन लागिपरेका छौं–अध्यक्ष पन्त

वि.सं.२०७८ फागुन १८ बुधवार

873 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले द्धन्द्धरत देश युक्रेनमा रहेका नेपालीहरुलाई पोल्याण्ड प्रवेश गराउने कोशिष जारीरहेको बताएका छन् ।

युद्धका कारण युक्रेन छोडेर सीमावर्ती देश प्रवेश गर्ने नेपाली दिदीबहिनी तथा दाजुभाइको अवस्था बुझ्न युक्रेन र पोल्याण्डको सीमाना मेडिकामा रहेको बताउँदै अध्यक्ष पन्तले अझै पनि केही नेपालीहरु युक्रेनपट्टिको समस्याका कारण पोल्याण्ड प्रवेश गर्न नसकेको बताएका छन् ।

‘हामीले उहाँहरुलाई सुरक्षित रुपमा पोल्याण्ड प्रवेश गराउने कोसिस जारी राखेका छौं,’ अध्यक्ष पन्तले भनेका छन्, ‘कूटनीतिक सहजीकरण कसरी गर्न सकिन्छ भन्नेबारे महामहिम राजदूतज्यू रामकाजी खड्कासँग छलफल पनि जारी छ । यस युद्धको कठिन घडीमा चाहँदाचाहँदै पनि कतिपय विषय भनेजसरी अघि बढ्न सकिरहेको छैन ।’

अध्यक्ष पन्तले आफुहरुले प्रयास जारी राखेको बताउँदै युक्रेनमा रहेका नेपालीहरुलाई केही समय धैर्य गर्न समेत अनुरोध गरेका छन् ।

‘हिजो सिमानामा रहनुभएका साथीहरुमध्ये करिब ५० प्रतिशत वार्सालगायतका सहरमा राति नै यहाँ अहोरात्र खटिरहनुभएका साथीहरुको सहयोगमा रेल र बसमा अहिले गन्तव्यतर्फ जाँदै हुनुहुन्छ,’ पन्तले सामाजिक संजालमा लेखेका छन्, ‘यस क्षेत्रमा रहनुभएका युवा नेपालीहरु, विभिन्न राजनैतिक दलसँग आस्था राख्ने संस्थाहरु, यहाँका नेपाली समुदाय रातदिन खटिरहनुभएको छ । उहाँहरुको यो हार्दिकता सक्रियताप्रति आभार प्रकट गर्दछु ।’

अध्यक्ष पन्तले पोल्याण्डका सीमा क्षेत्रमा रहेका नेपालीहरुसँग समन्वय गरेर आवश्यक खर्च र व्यवस्थापनमा संस्थाले काम सुरु गरिसकेको पनि जानकारी दिएका छन् । अध्यक्ष पन्तले हाल मुख्य गरी युक्रेनी सीमा पार गर्न र पोल्याण्ड प्रवेश गरेकालाई अन्य सहरमा लगेर राख्न सहजीकरण आवश्यक परेकाले त्यस कार्यमा आफु सक्रिय रुपमा लागिरहेको समेत बताएका छन् ।

युक्रेनबाट बाहिरीएका मध्ये पोल्याण्डमा २३२, स्लोभाकियामा ३९, रोमानियामा २३ र हँगरीमा तीनजना पुगेका छन् । साथै युक्रेनको राजधानी किभ र खार्किभमा रहेका नेपालीहरु सीमा क्षेत्रमा जाने क्रम जारी रहेको बताइएको छ ।

अध्यक्ष पन्तले युक्रेनमा झण्डै १ हजार नेपाली रहेकोमा सातसय नेपाली त्यहाँबाट बाहिरीनेक्रम जारी रहेको जानकारी दिएका छन् ।

त्यस्तै नेपाली दूतावास जर्मनीका राजदूत तथा युक्रेनका लागि आवासीय राजदूत रामजी खड्काले हालसम्म ६० नेपाली दूतावासको सम्पर्कमा आएको बताएका छन् ।

 

वि.सं.२०७८ फागुन १८ बुधवार ०८:४२ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...