काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप ३ वटा शाखा चितवनमा विस्तार गरेको छ । आफ्नो सेवा विस्तार गर्ने क्रममा बागमती प्रदेश अन्तर्गत चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं. ८ स्थित पर्सा बजारमा १३० औं, कालिका नगरपालिका वडा नं. ४ स्थित पदमपुरमा १३१ औं, र भरतपुर महानगरपालिका वडा नं. २५ स्थित अमृतचोकमा १३२ औं शाखा कार्यालय स्थापना गरी बुधबारदेखि कारोबार सुरु गरेको हो ।
बैंकिङ पहुंच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।
विस्तारित शाखा सँगै बैंकले देशभर १३२ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ४ वटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटिएममार्फत ग्राहक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
वि.सं.२०७८ फागुन १८ बुधवार २१:२० मा प्रकाशित





























