back
CTIZAN AD

पर्वतका गाउँबाट युवा पलायन रोक्न प्रवासी नेपालीले थाले ‘कृषि पर्यटन विकास’ अभियान

वि.सं.२०७८ फागुन २२ आइतवार

1.1K 

shares

पर्वत । रोजगारीका लागि प्रवासमा गएका नेपालीहरूको संस्था ‘चार भञ्ज्याङ तमु समाज बेलायत’ले जिल्लामा कृषि पर्यटनको विकास गर्न थालेको छ ।

जिल्लाको चार भञ्ज्याङ क्षेत्रका रूपमा परिचित फलेवास नगरपालिकाको वडा नं ८ र ९ र महाशिला गाउँपालिकाका केही क्षेत्रलाई कृषि पर्यटनका रूपमा विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको छ । उक्त क्षेत्रबाट वैदेशिक रोजगारीका सिलसिलामा हङकङ, बेलायतलगायतका क्षेत्रका गएका स्थानीय प्रवासीले अभियान सञ्चालन गरेका हुन् ।

शिक्षा, स्वास्थ्य, कृषि, वातावरण र पर्यटनलगायतका विषयलाई अवधारणाका रूपमा अघि सारेर अभियान सञ्चालन गरेको चार भञ्ज्याङ तमु समाजले परियोजना नै निर्माण गरेर कार्यान्वयनमा ल्याएको हो ।

गाउँ बस्ती सहरीकरणको खोजीमा खाली हुँदै गएपछि गाउँवासीलाई गाउँमै रमाउने बनाउने मुख्य उद्देश्यका नयाँ अवधारणा अघि सारिएको तमु समाज बेलायतका अध्यक्ष मदन गुरुङले जानकारी दिए । उनले यसअघि विद्यालयका जीर्ण भवन निर्माण गर्ने र अत्याधुनिक प्राविधिक शिक्षा सञ्चालनका लागि समेत सहयोग गरिसकेको स्मरण गराउँदै पर्वत मै पहिलोपटक परियोजनाअन्तर्गत टेलिमेडिसिन सेवा सञ्चालन गरेको बताए । समाजको पहलमा निर्माण भएको टेलिमेडिसिनमा अहिले दैनिक ५० देखि १०० सम्म बिरामीले सेवा लिइरहेका छन् ।

समाजका पूर्वअध्यक्ष चन्द्र गुरुङले गाउँको विकासका लागि आफूहरु गाँस काटेर जम्मा गरेको रकम र बिभिन्न प्रतियोगितामा सहभागी भएर प्राप्त पुरस्कार रकमलाई समेत परिचालन गरेर गाउँको विकासमा लगानी गरिएको बताए । फलेवास नगर प्रमुख पदमपाणि शर्माले चार समाज, फलेवास र महाशिलाका बिभिन्न वडामा सञ्चालन गरेका कार्यक्रमले समुदायका विपन्न वर्गले प्रत्यक्ष सेवा पाएको बताए ।

फलेवासका वडा नं ८ र ९, महाशिला–६ र ५ मा स्थायी घर भई हाल विदेशमा रहेका गुरुङ समुदायले आफ्नो गाउँको विकास र समृद्धिका लागि तमु समाजमार्फत विभिन्न सामाजिक कार्य सञ्चालन गर्दै आएका छन् । समाजले उपलब्ध गराउने सुविधा सबै जाति तथा विपन्न समुदायका लागि गर्दै आएको समाजका संस्थापक अध्यक्ष नारायणप्रसाद गुरुङले जानकारी दिए ।

हाल समाजले उच्च मूल्यमा बिक्री गर्न सकिने फलफूललगायत आधुनिक कृषि प्रविधिको विकास तथा पर्यटन प्रवद्र्धन कार्यक्रम अघि सारेको छ । अभियान सञ्चालनको पूर्वतयारीअनुरुप चार भञ्ज्याङ क्षेत्रका फलामखानी, जलजला, चिसापानी, थाम्मेथुम, देवीस्थानलगायतका ७०० मिटर उचाइबाट करिब दुई हजार मिटर उचाइसम्मको दूरीमा माटो परीक्षणसमेत गरिएको छ ।

योजनाविज्ञ डा योगेन्द्र रिजालले यस क्षेत्रमा ओखरखेतीलाई मुख्य खेतीका रूपमा प्रवद्र्धन गर्ने गरी परीक्षण गरिएको र उक्त ओखरखेतीको सम्भाव्यता रहेको बताए । कार्यक्रममा कृषिविज्ञ नीलकण्ठ शर्माले विभिन्न क्षेत्रमा पुगेर तयार गरेको फलफूल खेती सम्भाव्यता प्रारम्भिक अध्ययन प्रतिवेदन पेश गरेका थिए ।रासस

file-photo

वि.सं.२०७८ फागुन २२ आइतवार ०८:४२ मा प्रकाशित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...