back
CTIZAN AD

१० दिनदेखि युक्रेनको बंकरमा रहेका इश्वर भन्छन्–८ लाख तिरेर युक्रेनमा मर्न आइएजस्तो लागेको छ

वि.सं.२०७८ फागुन २२ आइतवार

756 

shares

काठमाडौं । रुस–युक्रेन युद्धको शनिवार दशौं दिन पुगेको छ । युद्धको मारमा युक्रेनी नागरिक मात्र नभएर अन्य देशका नागरिक पनि परेका छन् । द्धन्द्धका कारण भारतका एक विद्यार्थीसमेत मारिएको समाचार आएको छ ।

अध्ययन लगायत विभिन्न कामका लागि युक्रेन पुगेका केही नेपाली युक्रेनबाट बाहिरीएका छन् भने केही त्यहिको बंकरमा बस्न बाध्य भएका छन् ।

नेपाली दूतावास जर्मनी गैरआवासीय नेपाली संघ तथा विभिन्न संघ÷संस्थाको सहकार्यमा युक्रेनबाट निस्किएका ५ सय बढी नेपाली पोल्याण्ड, हंगेरी, रोमानिया लगायतका देशमा सुरक्षित रहेका छन् भने केही नेपाली अहिले पनि त्यहाँको बैकरमै बस्न बाध्य भएका छन् ।
युक्रेनको लुहाक्सको तारसस्थित सेप्चेन्को विश्वविद्यालयमा अध्ययनतर दाङका ईश्वर पोखरेल, राजन केसी, पर्शुरा डाँगी, कमल पोखरेल, किशोर पोखरेल, अरुण पोखरेल र सुर्खेतका दीपक सुनुवार यतिबेला बंकरमा बसेर ज्यान जोगाएका आइतबारको कान्तिपुर दैनिकमा समाचार छ ।

१० दिनदेखि बंकरमा रहेका रहेका इश्वर द्धन्द्ध सुरु भएको १४ दिन अगाडि मात्रै एकवर्षे भाषा अध्ययनका लागि युक्रेन पुगेका थिए । भारतको नयाँदिल्लीको एक कन्सल्टेन्सीमार्फत् ८ लाख खर्च गरेर युक्रेन पुगेका उनले यतिबेला त्यतिधेरै पैसा तिरेर मर्नका लागि युक्रेन आइजस्तो लागेको भन्दै दुःख पोखेका छन् ।

‘हामी आउने बेला सीमाबाट रुसका ट्यांकर फिर्ता भए भन्ने सुनेका थियौं, वार नै हुने भए किन भिसा दिन्थेजस्तो लागेको थियो,’ केहीदिन अघिमात्र कलेज जान सुरु गरेका उनले भने– ‘दुई दिनअघि कलेजलाई सोध्दा पनि यति छिट्टै युद्ध हुन्छ भन्ने थिएन । रुसको आक्रमण भूकम्प आएजस्तै भयो । आठ लाख तिरेर युक्रेनमा मर्न पो आइएछ कि जस्तो लाग्न थालेको छ ।’

वि.सं.२०७८ फागुन २२ आइतवार १०:४१ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...