
काठमाडौं । नेकपा (एकिकृत समाजवादी) पार्टी निकट संगठन अनेरास्वीयूका अध्यक्ष सुदेश पराजुलीले सत्ताको कुर्चीको टेको भाच्न सकिने भन्दै कांग्रेस नेताहरुलाई चेतावनी दिएका छन् ।
नेपाली कांग्रेका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र केन्द्रीय सदस्य मिनेन्द्र रिजालको नामै तोकेर जस्ले सत्ताको कुर्सीमा टेको लगाएको छ उस्ले त्यो टेको झिक्न वा फेर्न पनि जानेको हुन्छ भन्ने कुरा हेक्का राख्न समेत आग्रह गरेका छन् ।
‘गगन, मिनेन्द्र, धनराज एकचोटि सुन, हाम्रो काँधमा बसेर हाम्रो टाउको हान्ने काम नगर हामिले काँध छोडेको दिन तिम्रो काङ्ग्रेस रुपि पार्टी तातो ढुङ्गामा माछा पछारिए झै पछारिने छ ।’ सामाजिक संजालमा पराजुलीले लेखेका छन्, ‘जस्ले सत्ताको कुर्सीमा टेको लगाएको छ उस्ले त्यो टेको झिक्न वा फेर्न पनि जानेको हुन्छ त्यो समयमा त्यो कुर्सी कसरी भाचिन्छ÷लड्छ तिमीहरुलाई हेक्का छ । अलिकति सत्तागठबन्धनको मर्म र धर्म अनुसार बोल्ने गर ।’
अध्यक्ष पराजुलीले धम्की, दम्भ, घमण्ड छुद्रता नदेखिएको राम्रो भन्दै सत्ताको धरातल कहाँ छ एकचोटी राम्रोसँग गहिराईमा पुगेर हेर्न समेत आग्रह गरेका छन् ।
‘यो अहिलेको सरकार काङ्ग्रेसको एकल सरकार होईन, सहकार्य÷गठबन्धन एकल हुदै हुदैन यस्को भित्री मर्म थाहा छैन भने तिमीहरुले तिम्रो नेता पार्टी सभापति शेर ब.देउवालाई सोधपुछ गर्दा हुन्छ अनि थाहा हुन्छ वास्तविक सत्तागठबन्धनको नक्सा ।’