back
CTIZAN AD

कांग्रेस नेताहरुलाई अध्यक्ष पराजुलीको चेतावनी–सत्ताको कुर्सीको टेको भाचिन सक्छ हेक्का राख्नु

वि.सं.२०७८ फागुन २२ आइतवार

786 

shares

काठमाडौं ।  नेकपा (एकिकृत समाजवादी) पार्टी निकट संगठन अनेरास्वीयूका अध्यक्ष सुदेश पराजुलीले सत्ताको कुर्चीको टेको भाच्न सकिने भन्दै कांग्रेस नेताहरुलाई चेतावनी दिएका छन् ।

नेपाली कांग्रेका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र केन्द्रीय सदस्य मिनेन्द्र रिजालको नामै तोकेर जस्ले सत्ताको कुर्सीमा टेको लगाएको छ उस्ले त्यो टेको झिक्न वा फेर्न पनि जानेको हुन्छ भन्ने कुरा हेक्का राख्न समेत आग्रह गरेका छन् ।

‘गगन, मिनेन्द्र, धनराज एकचोटि सुन, हाम्रो काँधमा बसेर हाम्रो टाउको हान्ने काम नगर हामिले काँध छोडेको दिन तिम्रो काङ्ग्रेस रुपि पार्टी तातो ढुङ्गामा माछा पछारिए झै पछारिने छ ।’ सामाजिक संजालमा पराजुलीले लेखेका छन्, ‘जस्ले सत्ताको कुर्सीमा टेको लगाएको छ उस्ले त्यो टेको झिक्न वा फेर्न पनि जानेको हुन्छ त्यो समयमा त्यो कुर्सी कसरी भाचिन्छ÷लड्छ तिमीहरुलाई हेक्का छ । अलिकति सत्तागठबन्धनको मर्म र धर्म अनुसार बोल्ने गर ।’

अध्यक्ष पराजुलीले धम्की, दम्भ, घमण्ड छुद्रता नदेखिएको राम्रो भन्दै सत्ताको धरातल कहाँ छ एकचोटी राम्रोसँग गहिराईमा पुगेर हेर्न समेत आग्रह गरेका छन् ।

‘यो अहिलेको सरकार काङ्ग्रेसको एकल सरकार होईन, सहकार्य÷गठबन्धन एकल हुदै हुदैन यस्को भित्री मर्म थाहा छैन भने तिमीहरुले तिम्रो नेता पार्टी सभापति शेर ब.देउवालाई सोधपुछ गर्दा हुन्छ अनि थाहा हुन्छ वास्तविक सत्तागठबन्धनको नक्सा ।’

May be an image of 1 person and text

वि.सं.२०७८ फागुन २२ आइतवार १०:०८ मा प्रकाशित