back
CTIZAN AD

युक्रेन युद्ध आक्रमणको विरोध, एक हजार बढी रूसी नागरिक नै पक्राउ

वि.सं.२०७८ फागुन २२ आइतवार

714 

shares

मस्को ।  यूक्रेनमा मस्कोले गरेको सैन्य परिचालनको विरोधमा आइतबार भएको प्रदर्शनमा रूसी सहरहरूबाट एक हजार १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ । आक्रमण सुरु भएको एक हप्तापछि एक युद्ध अनुगमनकारी रूसी संस्थाले जनाएको हो ।

विपक्षीको विरोधमा बन्दी प्रत्यक्षीकरण को निगरानी गर्ने ओभिडी–इन्फोले स्थानीय समय अनुसार आइतबार करिब २ः२० बजे रूसको विभिन्न ३५ शहरहरूमा एक हजार १०३ जनालाई थुनामा राखिएको बताएको छ ।

सबैभन्दा धेरै व्यक्ति साइबेरियाको नोवोसिबिस्र्क शहर र उराल्सको येकाटेरिनबर्गमा पक्राउ गरिएको हो ।

दङ्गा प्रहरीले देशको सबैभन्दा ठूलो शहर मस्को र सेन्ट पिटर्सवर्गका चोकहरूमा भेला भएका प्रदर्शनकारीहरूलाई पनि पक्राउ गरेका थियो ।

रूसको प्रमुख मानव अधिकार समूह, मेमोरियलले बताएअनुसार यसका एक प्रमुख कार्यकर्ता ओलेग ओर्लोभलाई प्लेकार्डसहित प्रदर्शन गर्दा मस्कोको मानेश्नाया प्लास्चाद चोकबाट पक्राउ गरिएको थियो ।

रुसी प्रहरीले आइतबार अवैध प्रदर्शन गर्ने सबै प्रयास ‘तत्काल दबाउने’ र आयोजक र सहभागीले आरोपको सामना गर्ने चेतावनी दिएको थियो ।
बन्दीगृहले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कमा फेब्रुअरी २४ देखि हालसम्ममा यूक्रेनबारे रूसी सरकारले लिएको कदमविरूद्ध आइतबार करिब १०,००० जना प्रदर्शनकारीहरू भेला भई पूटिनको कदमको विरोध गरेका थिए ।

सरकारी निर्णयको विरोधमा प्रदर्शन गर्ने समूह वा व्यक्तिविरूद्ध कडा कारबाही गर्न राष्ट्रपति भ्लादिमिर पूटिनले युक्रेनी सुरक्षाकर्मीलाई निर्देशन दिएका थिए ।

पूटिनले शुक्रबार रूसी सेनाको बारेमा ‘भ्रामक समाचार’ प्रकाशित गरेकोमा १५ वर्षसम्म जेल सजाय गर्ने विधेयकमा हस्ताक्षर गरेका छन् ।एएफपी

 

 

वि.सं.२०७८ फागुन २२ आइतवार २१:३५ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...