back
CTIZAN AD

कार्यसम्पादन मूल्याङ्कनमा सिमकोट गाउँपालिका प्रथम

वि.सं.२०७८ फागुन २३ सोमवार

1.4K 

shares

कर्णाली । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कनमा हुम्लाको सिमकोट गाउँपालिका पहिलो भएको छ । आयोगले आव २०७९/०८० का लागि स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदानतर्फ स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनबापत प्राप्त गरेको अङ्कसहितको प्रतिवेदन यही फागुन १८ गते सार्वजनिक गरेको थियो ।

सोही प्रतिवेदनअनुसार कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये उक्त गाउँपालिकाले ७५दशमलव३१ अङ्क ल्याएर प्रदेशकै पहिलो बनेको हो ।आयोगले तयार गरेको १७ वटा सूचकलाई आधार बनाएर तयार गरिएको कार्यसम्पादन मूल्याङ्कनमा राष्ट्रिय सडक सञ्जालमा नजोडिएको उच्च हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका पहिलो बनेपछि यसको कार्यशैली र व्यवस्थापनका बारेमा चर्चा हुन थालेको छ ।

मूल्याङ्कनमा प्रदेशमै पहिलो गाउँपालिका बन्नुमा सङ्घीय सरकारबाट प्राप्त बजेटको सही सदुपयोग, सबै वडामा पूर्वाधार विकास र कर्मचारीको सहयोग मुख्य रहेको उक्त गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले जानकारी दिए ।

दुर्गम र अत्यन्तै विकट मानिएको यस गाउँपालिका मूल्याङ्कनमा प्रथम भएकामा आभार व्यक्त गरे । म दोस्रो हुने दैलेखको चामुण्ड विन्द्रासैनी नगरपालिकाले ७४दशमलव५६, तेस्रो हुने कालीकोट जिल्लाको शुभकालिका गाउँपालिकाले ७०दशमलव४६, चौथो हुने रुकुमको सानीभेरी नगरपालिकाले ६९दशमलव३१, पाँचौँ हुने दैलेखको नौमूले गाउँपालिकाले ६८दशमलव६३, छैटौँ हुने चौरजहारी नगरपालिकाले ६८दशमलव१७, सातौँ हुने हुम्लाको नाम्खा गाउँपालिकाले ६७दशमलव५७, आठौँ हुने जाजरकोटको बारेकोट गाउँपालिकाले ६६दशमलव४८, नवौँ हुने डोल्पाको जगदुल्ला गाउँपालिकाले ६६दशमलव४६ र दशाँै हुने जुम्लाको गुठीचौर गाउँपालिकाले ६५दशमलव०२ अङ्क प्राप्त गरेको छ ।

आयोगले नेपालको संविधानको धारा २५१ को उपधारा (१) को खण्ड (ख) बमोजिमसङ्घीय सञ्चित कोषबाट प्रदेश तथा स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदान सिफारिस गर्दा वित्त आयोग ऐन, २०७४ को दफा (३)को उपदफा (२) बमोजिम प्रदेश तथा स्थानीय तहको कार्यसम्पादनलाई आधार लिई कार्यसम्पादनमा आधारित वित्तिय समानीकरण अनुदानको रकम सिफारिस गर्दै आएको छ ।

वि.सं.२०७८ फागुन २३ सोमवार १५:४५ मा प्रकाशित

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलान्चोक जिल्ला सभापतिमा प्रवीणकुमार...

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी र शान्तिसुरक्षामा खलल पु¥याउने...