back
CTIZAN AD

पुर्वेली लोक लयको गीत ‘सुपारी सुटुक्कै’ सार्वजनिक

वि.सं.२०७८ फागुन २३ सोमवार

837 

shares

काठमाडौं । पूर्वेली लोक लयमा तयार पारिएको गीत ‘सुपारी सुटुक्कै’ सार्वजनिक गरिएको छ । गितलाई नेपाल मिडियाको अफिसियल युट्युब च्यानलबाट सोमबार सार्वजनिक गरिएको छ ।
डि आर अटु को रचना रहेको उक्त गीतमा पुर्वेली लोक संस्कृति, किराँती (लिम्बू/राई) जनजीवनलाई चित्रणगरी परम्परागत लोक सभ्यतालाई देखाइएको छ । गीतमा प्रेमील मनका प्रेमका बोलीहरुलाई समेटिएको छ ।

द भ्वाइस अफ किड्सी कि फाईनलिष्ट पेमा दिछेन तामाङ र गायक संगम शेर्मा को स्वरमा रहेकोे गीतमा संगीत चर्चित संगीतकार डिआर अटुले भरेका छन् । गीतको एरेन्जमा राजु कार्कीले सहयोग गरेका छन् भने लिम्दुनी क्रियसन र कोरियन स्टुडियोमा रेकर्ड गरिएको हो । गीतलाई निरु लावती लिम्बुले लगानी गरेकी हुन ।

पुर्वेली लोकजीवन र रहनसहनलाई मायाप्रेमसँग फ्युजन गरेर उत्पादन गरिएको यो भिडियोलाई दिनेश माङबाले निर्देशन गरेका छन् । गीतमा मुख्य अभिनय विल्सन विक्रम राई र प्रिया लिम्बुको रहेको छ भने पेमा दिछेन तामाङ, पुष्पाञ्जली तिलिङ मादेन, रुद्ध पाहिम, चन्द्र गोले तामाङले पनि साथ दिएका छन् । यस गीत तथा भिडियोलाई सम्पादन अनिल रानाले गरेका छन् भने क्यामेरा बुद्ध थापाले घुमाएका छन् ।

 

वि.सं.२०७८ फागुन २३ सोमवार १५:३९ मा प्रकाशित

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...