२६ फागुन, काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तगर्तको त्रिकोणात्मक श्रृखलाको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज श्रीलंका पुलिसको सामना गर्दै छ ।
श्रीलंका पुलिस विरुद्धको अभ्यास खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ्ग गर्ने भएको छ । नेपाली टिम श्रीलंकामा ४ अभ्यास खेल खेलेपछि यूएई र पपुवा न्यूगिनीविरुद्ध एकदिवसीय सिरिज खेल्ने मार्च १४ मा यूएईको तर्फ प्रस्थान गर्ने छ ।
नेपालको प्लेइङ–११ :
सन्दिप लामिछाने, करण केसी, कुशल भुर्तेल, आसिफ शेख, कमल सिंह एरी, विनोद भण्डारी, सागर ढकाल, रोहित कुमार पौडेल, भिम सार्की, पवन सर्राफ, आरिफ शेख ।
वि.सं.२०७८ फागुन २६ बिहीवार १०:५९ मा प्रकाशित
























