back
CTIZAN AD

मेक्सिकोमा गोली हानी १० जनाको हत्या

वि.सं.२०७८ फागुन २६ बिहीवार

693 

shares

२६ फागुन । मेक्सिकोमा गोली हानेर १० जनाको हत्या गरिएको छ । मेक्सिकोको एट्लिक्समा रहेको बस्तीको एक घरमा बुधबार गोली हानेर एकै घरका १० को ज्यान लिइएको प्रहरीले जनाएको छ ।

मध्य मेक्सिकोको एट्लिक्सकोमा भएको सो हत्याकाण्डको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । उक्त सहरको एक निजी बस्तीमा भएको सो हत्याकाण्डमा तीन जना महिला पनि रहेका छन् ।

पुएबला प्रान्तको न्यायाधिवक्ताको कार्यालयले सो घटनाको अनुसन्धान सुरु भएको र यसमा लागू औषधका कारोबारीहरुको हात रहेको अनुमान गरिएको बताएको छ । मारिएका नौ जनालाई नै टाउको, खुट्टा र छातीमा गोली हानिएको सो कार्यालयले जानकारी दिएको छ ।

हत्या गरिएको सो घरको वरपर यसअघि पनि लागू पदार्थको किनबेच गर्ने गरिएको थियो । त्यसैले यो हत्याकाण्ड पनि लागू पदार्थको किनबेचमा संलग्न समूहरुको झगडाका कारण हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

मारिएकाहरुको पहिचान हुन सकेको छैन । तीमध्ये कतिपय सोही घरका भए पनि सबैजना भने नभएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७८ फागुन २६ बिहीवार १०:४४ मा प्रकाशित

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको...

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार...

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

खार्तूम  । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल...

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

तेहरान । इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा...