back
CTIZAN AD

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

वि.सं.२०८२ चैत २२ आइतवार

510 

shares

खार्तूम  । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल कोषले शनिबार जारी गरेको संयुक्त विज्ञप्तिअनुसार सुडानमा सन् २०२३ देखि सुरु भएको द्वन्द्वपछि स्वास्थ्य सेवा केन्द्रहरूमा भएका २१४ आक्रमणमा कम्तीमा दुई हजार ४२ जनाको मृत्यु भएको छ भने ७८५ जना घाइते भएका छन् ।

यस वर्षको पहिलो त्रैमासिकमा मात्रै १८४ जनाको मृत्यु र २९५ जना घाइते भएको उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घका यी निकायहरूले द्वन्द्व प्रभावित क्षेत्रमा यस्ता आक्रमणको सङ्ख्या र तीव्रता बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

सुडानका लागि विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि शिब्ली साहबानीले भने, “यस्ता आक्रमणहरूले स्वास्थ्य सेवामा पहुँचलाई अझ सीमित बनाइरहेका छन्, जबकि अहिले यसको आवश्यकता अत्यधिक छ ।” उनले बिरामी र स्वास्थ्यकर्मीहरूको सुरक्षाको माग पनि गरे ।

संयुक्त राष्ट्र बाल कोषका प्रतिनिधि शेल्डन येटले अस्पतालहरूमा हुने आक्रमणलाई ‘बालबालिकाको अधिकारमाथिको गम्भीर उल्लङ्घन’ भन्दै यस्ता घटनाले बालबालिकालाई अत्यावश्यक सेवा र सुरक्षाबाट वञ्चित गरिरहेको बताएका छन् ।

एजेन्सीहरूले स्वास्थ्य संस्था, कर्मचारी र बिरामीमाथि हुने आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भएको र यसले पहिले नै गम्भीर मानवीय सङ्कटलाई अझ जटिल बनाएको बताएका छन् । उनीहरुले सबै पक्षलाई स्वास्थ्य सेवाको सम्मान र संरक्षण गर्न, सर्वसाधारण र सहयोगी कामदारहरूको सुरक्षा सुनिश्चित गर्न तथा आवश्यक सेवामा निरन्तर पहुँच उपलब्ध गराउन आग्रह गरेका छन् ।

सन् २०२३ को मध्य अप्रिलदेखि सुडानी सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेसबीच जारी सङ्घर्षका कारण दशौं हजार मानिसको मृत्यु भइसकेको छ भने लाखौं विस्थापित भएका छन्, अन्तर्राष्ट्रिय संस्थाहरूले जनाएका छन् ।(रासस/ सिन्ह्वा)

वि.सं.२०८२ चैत २२ आइतवार १५:५५ मा प्रकाशित

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच तल्लो...

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

काठमाडौँ । काठमाडौं महानगरपालिकाले टेकुस्थित बायोग्यास प्लान्ट (वेस्ट टु इनर्जी...

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालद्वारा बहुप्रतिक्षित...

उपत्यकाको सवारी जाम खुलाउने गुरुयोजना सार्वजनिक

उपत्यकाको सवारी जाम खुलाउने गुरुयोजना सार्वजनिक

काठमाडौँ । काठमाडौं उपत्यकाको बढ्दो सवारी चाप, ट्राफिक जाम र...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह...