back
CTIZAN AD

भक्तपुर बुढ्यौली साहित्य समाज र अनुशीलन नेपालको २७ औँ संयुक्त रचनावाचन सम्पन

वि.सं.२०८२ चैत २२ आइतवार

837 

shares

भक्तपुर । भक्तपुर बुढ्यौली साहित्य समाज र अनुशीलन नेपालको २७ औँ संयुक्त रचनावाचन तथा कविवरद्वय रामशरण न्यौपाने पाँचघरेकृत जून–घाम कविता सङ्ग्रह तथा गणेश घिमिरे मार्मिककृत वृद्धाश्रमको बोली खण्डकाव्य लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।

भक्तपुरको सल्लाघारीस्थित अक्सफोर्ड प्रक्टिकल स्कुलमा शनिबार सम्पन्न कार्यक्रममा समाजका उपाध्यक्ष दीनानाथ पोख्रेलको समापतित्व एवम् महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता तथा डा. रमेश शुभेच्छु, डा. गोपाल मण्डले, डम्बर घिमिरे, गोविन्द घिमिरे वेदमणि विशिष्ट अतिथि रहेका थिए ।

त्यस्तै अतिथिमा कल्पना काफ्ले, वामन न्यौपाने, अनुराग अरुण, रामशरण न्यौपाने, गणेश घिमिरे मार्मिक, कविराज घिमिरे रहेका थिए ।

वसनवसन्ती भुजेलको स्वागत मन्तव्य तत् पश्चात् कविराज घिमिरे पुछारघरेबाट जून–घाम कृतिमा टिप्पणी गरियो । राममणि ढुङ्गेलबाट सोही कृतिबाट कविता वाचन गरिएपछि अर्को कृति वृद्धाश्रमको बोलीमा डा. रमेश शुभेच्छुबाट कृति समीक्षा गरियो ।

कल्पना काफ्ले, गोपाल मण्डने, छन्दविज्ञान निरौला, विनोद खड्का, राजेन्द्रकुमार बज्राचार्य, राजकुमार राजभण्डारी, दलबहादुर नेपाली, वामन न्यौपाने, गणेश घिमिरे मार्मिक, लालबहादुर भुजेल, धरणीधर गुरागाई, दुर्गा घिमिरे, दधिराम गेलाल, डिल्लीप्रसाद मूलतिहुन, पङ्कज ओझा, जानुका गुरागाईं, प्रमुना पौडेल, वसन्ती भुजेल, विद्या अनामिका तिवारी, सरला पोख्रेल सरु, श्याम माकजू, दुण्डीराज पोख्रेल, राजु तामाङ, शङ्करप्रसाद मानन्धर, डम्बर घिमिरे, निशा न्यौपाने, डिल्लीराल भट्टराई, प्रवीण पल्लवी, घनश्याम प्रसाई, गोविन्द प्रसाद घिमिरे वेदमणि, भावना न्यौपाने, सञ्जय सोती, खोलाघरे साहिँलो, रचना दाहाल र जीवनाथ अधिकारीले रचना वाचन गरेका थिए ।

प्रमुख अतिथि चन्द्र प्रसाद न्यौपानेले मन्तव्य सहित कृति चर्चा गरेको थिए भने श्याम माकजूले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमका सञ्चालक अनुशीलन नेपालका अध्यक्ष जीवनाथ अधिकारी रहेका थिए ।

वि.सं.२०८२ चैत २२ आइतवार १६:४३ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...