back
CTIZAN AD

जसपा नेपालका महासचिव राम कुमार शर्माद्वारा राजीनामा

वि.सं.२०८२ चैत २२ आइतवार

465 

shares

काठमाडौँ । आम निर्वाचन २०८२ पछि विकसित राजनीतिक परिस्थितिका बीच जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव राम कुमार शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्।

उनले सार्वजनिक वक्तव्यमार्फत निर्वाचन परिणामलाई स्वीकार गर्दै नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन्। वक्तव्यमा उनले आम निर्वाचन २०८२ लाई नेपालको राजनीतिक इतिहासमा धेरै नयाँ रेकर्ड कायम गर्ने ऐतिहासिक निर्वाचनका रूपमा उल्लेख गरेका छन्।

यस निर्वाचनमा बालेन्द्र साह नेतृत्वमा अभूतपूर्व सफलता हासिल भएको, करिब ४८ प्रतिशत मतसहित ठूलो जनसमर्थन प्राप्त भएको तथा परम्परागत राजनीतिक संरचनाभन्दा बाहिरबाट नेतृत्व उदाएको उल्लेख गरिएको छ। उनले मेयरदेखि प्रधानमन्त्रीसम्मको यात्रा “असाधारण” भएको बताएका छन्।

निर्वाचन परिणामबारे विभिन्न तहमा बहस भइरहेका उल्लेख गर्दै उनले केही पक्षहरूले यसलाई अस्वाभाविक र रणनीतिक प्रभावको परिणाम भने पनि धेरैले यसलाई विगतका सरकारहरूको कुशासन, भ्रष्टाचार र असफल नीतिहरूको स्वाभाविक प्रतिक्रिया मानेको बताएका छन्।

शर्माले विशेषगरी मधेस आन्दोलनको बलमा स्थापित जसपा नेपालको शून्य सिटमा झर्नु सामान्य हार नभई सामूहिक कमजोरीको परिणाम भएको स्वीकार गरेका छन्। उनले यसलाई आत्मसमिक्षाको विषय बनाउँदै पार्टीको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको स्पष्ट पारेका छन्।

अन्त्यमा उनले पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रति कृतज्ञता व्यक्त गर्दै आफूलाई दिइएको जिम्मेवारीका लागि धन्यवाद दिएका छन्।

 

वि.सं.२०८२ चैत २२ आइतवार १७:२९ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले...

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ ।...

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुने 

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुने 

सुदूरपश्चिम । सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा...

राष्ट्रिय आमसञ्चार विधेयक तर्जुमा गर्न अवधारणापत्र सार्वजनिक

राष्ट्रिय आमसञ्चार विधेयक तर्जुमा गर्न अवधारणापत्र सार्वजनिक

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले आमसञ्चार क्षेत्रलाई समयानुकूल, एकीकृत...

राष्ट्रियसभामा कसले के भनाई राखे ?

राष्ट्रियसभामा कसले के भनाई राखे ?

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले स्वास्थ्य बिमा, जातीय विभेद्,...

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन अनुमति

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन अनुमति

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी...