back
CTIZAN AD

राप्ती साहित्य परिषद् दाङको १८ औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ चैत २२ आइतवार

627 

shares

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाले १८ औँ वार्षिकोत्सव,स्रष्टा सम्मान, स्रष्टा पुरस्कृत तथा काव्य वाचन कार्यक्रम भव्य र सभ्य रूपमा नेपाल पत्रकार महासङ्घ दाङ शाखाको सभाहालमा सम्पन्न गरेको छ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा भाषा आयोगका निवर्तमान सदस्य तथा वरिष्ठ साहित्यकार डा. अमर गिरीको प्रमुख आतिथ्यता र राप्ती साहित्य परिषद केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
सो कार्यक्रममा यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कारबाट डा. टीकाराम उदासी, कृष्ण गायत्री प्रज्ञा पुरस्कारबाट हरि पोख्रेल, नेत्रमोहनादेवी साहित्य पुरस्कारकाबाट डिल्लीराज श्रीधर र वेदप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारबाट खगेश्वर भण्डारीलाई पुरस्कृत गर्ने भएको थियो ।
त्यसैगरी साहित्यकार तथा लेखक गुरुप्रसाद शर्मा रेग्मी र पुरस्कार संस्थापक हरू मध्येबाट देवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारका संस्थापकका घरपरिवारलाई सम्मान गरिएको थियो ।
पुरस्कृत स्रष्टाहरूको परिचय प्रतिभा छनोट समितिका संयोजक राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा दाङ शाखाका सल्लाहकार दीपक शर्मा ’समीर’ ले गरेका थिए ।
काव्य वाचन सेसन अन्तर्गत डा. हिमलाल पन्थी, धनसिंह गिरी, देवेन्द्र रिजाल, शंकर घर्ती मगर, पदमप्रसाद पोखरेल, महेश कुमार न्यौपाने, दीप बहादुर खत्री, कपिल किशोर घिमिरे, पुरण शर्मा, वसन्त अनुभव, नारदप्रसाद भण्डारी, शारदा शर्मा, सुरेशकुमार पाण्डे, लोकराज पराजुली, अनुजा शर्मा संस्कृति त्यसैगरी पुरस्कृत स्रष्टा हरि पोख्रेल, दिल्लीराज श्रीधर तथा खगेश्वर भण्डारीले शुभकामना मन्तव्य तथा काव्य बाचन गरेका थिए ।
नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक विभागका निर्देशक तथा पुरस्कृत स्रष्टा डा. टीकाराम उदासी, राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटा, सल्लाहकार पदमप्रसाद शर्मा, देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चका अध्यक्ष नीमबहादुर थापा, प्रगतिशील लेखक सङ्घ दाङका अध्यक्ष चन्द्रबहादुर थापा, लेखक सङ्घ दाङका उपाध्यक्ष गोविन्द पौडेल, नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदी, सिस्नोपानी नेपाल दाङ शाखाका अध्यक्ष लोकराज पराजुली,झिल्का साहित्यका प्रवर्तक वसन्त अनुभव लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

त्यसैगरी सम्मानित स्रष्टा गुरुप्रसाद रेग्मी तथा वेदप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारका संस्थापक लालबहादुर आरसीले आफ्नो सान्दर्भिक भनाइ राखेका

प्रमुख अतिथिको रूपमा रहेका वरिष्ठ साहित्यकार तथा भाषा आयोगका निवर्तमान सदस्य डा.अमर गिरीले साहित्यकारले साहित्यको विधागत चेतनाका साथसाथै साहित्यको गुणस्तरमा पनि स्रष्टाले ध्यान दिनुपर्ने कुरा बताएका थिए ।

विशिष्ट अतिथि रूपमा रहेका राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालले राप्ती साहित्य परिषद्का विभिन्न जिल्लाहरूमा छ वटा शाखा रहेको र सबै शाखाहरू सक्रिय रूपमा अगाडि बढेकोमा आफूलाई गर्व लागेको बताउँदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।

सो कार्यक्रममा परिषदका कोषाध्यक्ष सुशीला आचार्यले आर्थिक प्रतिवेदन र सचिव घनश्याम केसीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गरेका थिए ।

 

वि.सं.२०८२ चैत २२ आइतवार १७:५२ मा प्रकाशित

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु सहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

सुसेली : आदिकविमा समर्पित

सुसेली : आदिकविमा समर्पित

रामप्रसाद अधिकारी अजिरकोट ३ , गोरखा १ भानुका कुरा गर्नुपर्छ...