back
CTIZAN AD

सिटीपे–छिटो पैसा मर्जर अन्तिम चरणमा, वैशाख २ मा सेवा एकीकृत हुने

वि.सं.२०८२ चैत २३ सोमवार

477 

shares

काठमाडौं । नेपालको डिजिटल भुक्तानी क्षेत्रमा सक्रिय दुई कम्पनी सिटी वालेट प्रा. लि. (CityPAY) र छिटो पैसा प्रा. लि. बीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ। कम्पनीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार आगामी वैशाख २ गतेदेखि दुवै सेवाहरू एकीकृत गर्ने तयारी गरिएको छ।

मर्जरपछि छिटो पैसाका सबै सेवाग्राहीहरू सिटीपे (CityPAY) को डिजिटल प्लेटफर्ममा स्थानान्तरण हुनेछन्। कम्पनीका अनुसार यसबाट प्रयोगकर्ताहरूले थप सहज, सुरक्षित र एकीकृत भुक्तानी सेवा पाउने अपेक्षा गरिएको छ।

विशेषगरी राइड सेयरिङ सेवामा आबद्ध चालक (राइडर), क्याप्टेन तथा डेलिभरीमा संलग्न व्यक्तिहरूका लागि यो एकीकरण उपयोगी हुने जनाइएको छ। अब उनीहरूले एउटै एपमार्फत भुक्तानीसम्बन्धी सबै कारोबार गर्न सक्नेछन्।

सिटीपेले Pathao लगायतका प्लेटफर्ममा हुने बक्यौता तथा जरिवाना सिधै एपबाट तुरुन्तै भुक्तानी गर्न सकिने व्यवस्था गरेको जनाएको छ। साथै, प्रयोगकर्ताहरूका लागि क्यासब्याक, लोयल्टी रिवार्ड्स जस्ता विभिन्न सुविधा उपलब्ध गराइने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार सिटीपे एपमार्फत देशभरका मर्चेन्टहरूमा भुक्तानी गर्न सकिनेछ भने हवाइ तथा बस टिकट बुकिङ, सरकारी राजस्व भुक्तानी लगायतका सेवा पनि उपलब्ध छन्। सेवा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त र सुरक्षित प्रविधिमा आधारित रहेको जनाइएको छ।

सिटीपे वालेटका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले मर्जरलाई डिजिटल सेवामा नयाँ अवसरका रूपमा व्याख्या गरेका छन्। उनले छिटो पैसाका ग्राहकहरूलाई सिटीपे परिवारमा स्वागत गर्दै यसबाट सेवा अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरे।

कम्पनीले सेवाग्राहीहरूलाई मोबाइल एप डाउनलोड गरी नयाँ प्रणालीमा आबद्ध हुन आग्रह गरेको छ। यस मर्जरले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप व्यवस्थित र विस्तार गर्ने अपेक्षा गरिएको छ।

वि.सं.२०८२ चैत २३ सोमवार ११:१६ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...