back
CTIZAN AD

स्मार्ट च्वाइस र सिटी टेकबीच रणनीतिक साझेदारी, FinPOS मार्फत डिजिटल भुक्तानी सेवा विस्तार हुने

वि.सं.२०८२ चैत २३ सोमवार

474 

shares

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज (SCT) र सिटी टेक ग्रुप प्रा. लि. बीच डिजिटल भुक्तानी प्रणाली सुदृढ गर्ने उद्देश्यसहित रणनीतिक साझेदारी गरिएको छ। कम्पनीहरूले संयुक्त रूपमा जारी गरेको जानकारीअनुसार उक्त सहकार्यले नेपालमा भुक्तानी स्वीकार (payment acceptance) प्रणालीलाई थप आधुनिक र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

साझेदारीपछि सिटी टेकद्वारा विकसित FinPOS डिभाइसमा SCT को प्लेटफर्म एकीकृत हुने भएको छ। यसमार्फत Visa, UnionPay, NepalPay लगायत विभिन्न कार्ड स्किमका साथै Smart QR प्रयोग गरी डिजिटल भुक्तानी स्वीकार गर्न सकिने व्यवस्था गरिनेछ।

कम्पनीहरूका अनुसार यस सहकार्यले SCT को सशक्त भुक्तानी पूर्वाधारलाई सिटी टेकको नवीन प्रविधिसँग जोड्दै बैंक तथा व्यापारीहरूका लागि सहज, सुरक्षित र विस्तारयोग्य POS समाधान उपलब्ध गराउनेछ।

POS acquiring व्यवसाय सञ्चालन गर्न चाहने बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरूका लागि यो सेवा विशेष लाभदायी हुने जनाइएको छ। छुट्टाछुट्टै कार्ड स्किमको सदस्यता लिनु नपर्ने, प्रविधिमा ठूलो लगानी गर्न नपर्ने तथा सुरक्षा प्रमाणीकरण प्रक्रियामा सहजता आउने भएकाले यसले लागतसमेत घटाउने विश्वास गरिएको छ।

SCT ले डिजिटल भुक्तानी प्रणालीको पहुँच विस्तार र नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। FinPOS सँगको सहकार्यलाई कम्पनीले सोही प्रतिबद्धताको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ।

हाल SCT ले २४ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारीमार्फत SCT-UnionPay कार्ड सेवा प्रदान गर्दै आएको छ। कम्पनीले आफ्नै ‘स्मार्ट स्विच’ प्रणालीमार्फत Visa लगायत विभिन्न अन्तर्राष्ट्रिय कार्ड स्वीकार गर्दै आएको छ भने Smart QR, अन्तरबैंक भुक्तानी (IBFT) र मोबाइल बैंकिङ सेवा पनि उपलब्ध गराउँदै आएको छ।

करिब दुई दशकदेखि सञ्चालनमा रहेको SCT नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किमका रूपमा परिचित छ। यस नयाँ साझेदारीसँगै डिजिटल भुक्तानी सेवा अझ विस्तार हुने अपेक्षा गरिएको छ।

वि.सं.२०८२ चैत २३ सोमवार ११:२३ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...