back
CTIZAN AD

फोटोनको ‘टोटल केयर क्याम्प’ देशव्यापी, ६ सहरमा सर्भिस सुविधा विस्तार हुने

वि.सं.२०८२ चैत २३ सोमवार

537 

shares

काठमाडौं । नेपालका लागि फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धी कमर्शियल भेहिकलले विद्युतीय सवारी (ईभी) प्रयोगकर्तालाई लक्षित गर्दै ‘फोटोन ईभी टोटल केयर क्याम्प’ सञ्चालन गर्ने भएको छ। कम्पनीले उत्कृष्ट आफ्टर-सेल्स सर्भिसलाई थप सुदृढ बनाउने उद्देश्यसहित पश्चिम र पूर्वी नेपालका विभिन्न स्थानमा चरणबद्ध रूपमा क्याम्प आयोजना गर्न लागेको जनाएको छ।

कम्पनीका अनुसार अभियानअन्तर्गत देशका प्रमुख सहरहरूमा सेवा सुविधा विस्तार गर्दै ग्राहकलाई नजिकैबाट गुणस्तरीय सर्भिस उपलब्ध गराउने लक्ष्य राखिएको छ। साथै, विद्यमान ईभी ग्राहकहरूलाई विभिन्न निःशुल्क सेवा तथा विशेष छुट प्रदान गर्दै कम्पनीले आभार व्यक्त गर्ने जनाएको छ।

क्याम्प दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरण चैत २२ देखि वैशाख ४ सम्म बुटवल, धनगढी, दाङ र सुर्खेतमा आयोजना गरिनेछ भने दोस्रो चरण वैशाख ६ देखि १७ सम्म इटहरी र बिर्तामोडमा सञ्चालन हुने कम्पनीले जनाएको छ।

क्याम्पमा सहभागी हुने ग्राहकहरूले स्पेयर पार्ट्स, लुब्रिकेन्ट तथा लेबर चार्जमा १५ प्रतिशतसम्म छुट पाउनेछन्। साथै, सवारीसाधनको निःशुल्क निरीक्षण, ‘बम्पर-टु-बम्पर’ चेकअप, वासिङ तथा ग्रिजिङ सेवा पनि उपलब्ध गराइनेछ। यसले सवारीको कार्यक्षमता सुधार गर्नुका साथै मर्मत खर्च घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

फोटोन नेपालले देशभर १४ भन्दा बढी सेल्स तथा सर्भिस सेन्टरमार्फत आफ्नो सेवा विस्तार गरिरहेको जनाएको छ। साथै, १६६ भन्दा बढी CCS2 प्रकारका डीसी फास्ट चार्जिङ पोइन्ट विस्तार गरेर ईभी प्रयोगलाई सहज बनाउने प्रयास भइरहेको कम्पनीको भनाइ छ।

कम्पनीले ‘टोटल केयर’ अवधारणाअनुसार दक्ष प्राविधिक, जेनुइन स्पेयर पार्ट्स र पारदर्शी प्रक्रियामार्फत सेवा प्रदान गरिने जनाएको छ। एमएडब्लू वृद्धीले यसलाई नेपालमा प्रभावकारी रूपमा कार्यान्वयन गर्दै ग्राहकलाई विश्वसनीय सेवा उपलब्ध गराउने दाबी गरेको छ।

सेवा लिन चाहने ग्राहकहरूले ९८०२३६७५०१ वा ९८५१४१७१२२ नम्बरमा सम्पर्क गर्न वा नजिकको सर्भिस सेन्टरमा जान सक्ने कम्पनीले जनाएको छ।

एमएडब्लू वृद्धी कमर्शियल नेपालमा व्यावसायिक सवारीसाधन आपूर्ति गर्ने कम्पनी हो। यसले फोटोन सवारीसाधनको आधिकारिक वितरकका रूपमा देशभर सर्भिस नेटवर्क विस्तार गर्दै ग्राहकलाई गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ।

वि.सं.२०८२ चैत २३ सोमवार ११:३८ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...