back
CTIZAN AD

सामसङ नेपालद्वारा Galaxy A57 5G र A37 5G सार्वजनिक, प्रि-अर्डर सुरु

वि.सं.२०८२ चैत २३ सोमवार

336 

shares

काठमाडौं । सामसङ नेपालले आफ्नो नयाँ ‘Galaxy A’ सिरिजअन्तर्गत Galaxy A57 5G र Galaxy A37 5G स्मार्टफोन सार्वजनिक गर्दै प्रि-अर्डर खुला गरेको छ। कम्पनीका अनुसार प्रि-अर्डर अप्रिल ५ देखि अप्रिल १८, २०२६ सम्म (स्टक उपलब्धतासम्म) जारी रहनेछ।

नयाँ सार्वजनिक गरिएका यी स्मार्टफोनहरूमा आकर्षक डिजाइन, उन्नत क्यामेरा प्रणाली तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) मा आधारित विभिन्न स्मार्ट फिचरहरू समावेश गरिएको कम्पनीले जनाएको छ। दैनिक प्रयोगलाई सहज बनाउने उद्देश्यसहित यी डिभाइस विकास गरिएको बताइएको छ।

सामसङ नेपालका एमएक्स बिजनेसतर्फका वरिष्ठ निर्देशक प्रणयरत्न स्थापितले नयाँ सिरिजमार्फत AI प्रविधिलाई थप पहुँचयोग्य बनाउने लक्ष्य रहेको बताए। उनले ‘Awesome Intelligence’ सुविधाले प्रयोगकर्तालाई भरपर्दो अनुभव दिने उल्लेख गरे। साथै, २४ महिनासम्मको EMI सुविधा उपलब्ध गराएर प्रविधिमा पहुँच सहज बनाइएको उनको भनाइ छ।

AI फिचर र स्मार्ट टुलहरू
One UI 8.5 मा आधारित यी फोनहरूमा ‘Awesome Intelligence’ समावेश गरिएको छ। भ्वाइस ट्रान्सक्रिप्सन, AI Select, Object Eraser, फोटो एडिटिङ टुलहरू, ‘Circle to Search’ जस्ता सुविधा उपलब्ध छन्। Galaxy A57 5G मा ‘Best Face’ र ‘Auto Trim’ जस्ता अतिरिक्त फिचर पनि समावेश छन्।

क्यामेरा र प्रदर्शन
दुवै स्मार्टफोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहित ट्रिपल क्यामेरा सेटअप दिइएको छ। ‘Nightography’ प्रविधिले कम प्रकाशमा पनि स्पष्ट फोटो खिच्न सहयोग गर्ने कम्पनीले जनाएको छ। Galaxy A57 5G मा थप सुधारिएको इमेज प्रोसेसिङ र उच्च डिटेल उपलब्ध हुने बताइएको छ।

डिजाइन, ब्याट्री र डिस्प्ले
फोनहरू स्लिम डिजाइनमा उपलब्ध छन्। Galaxy A57 5G ६.९ एमएम पातलो रहेको छ। ५०००mAh ब्याट्री, Super AMOLED डिस्प्ले र Vision Booster जस्ता फिचरले प्रयोगकर्तालाई राम्रो अनुभव दिने कम्पनीको दाबी छ।

सुरक्षा र टिकाउपन
IP68 रेटिङसहित पानी र धुलोबाट सुरक्षित यी डिभाइसहरूमा ६ वर्षसम्मको सुरक्षा अपडेट तथा OS अपग्रेड उपलब्ध हुने जनाइएको छ। साथै, Knox Vault लगायतका सुरक्षा फिचरहरू पनि समावेश छन्।

मूल्य विवरण
Galaxy A57 5G:

  • 12GB/256GB – रु ८९,९९९
  • 8GB/256GB – रु ८४,९९९

Galaxy A37 5G:

  • 12GB/256GB – रु ७९,९९९
  • 8GB/256GB – रु ७२,९९९
  • 8GB/128GB – रु ६४,९९९

अफर र सुविधा
प्रि-अर्डर अवधिमा Galaxy A57 5G मा ४ हजार रुपैयाँ बराबरको मेमोरी अपग्रेड तथा Galaxy A37 5G मा २५ सय रुपैयाँ बराबरको अपग्रेड अफर उपलब्ध रहेको कम्पनीले जनाएको छ। साथै, २४ महिनासम्मको EMI सुविधा पनि उपलब्ध गराइएको छ, जसअन्तर्गत मासिक किस्ता करिब रु १७६४ बाट सुरु हुने बताइएको छ।

सामसङले नयाँ A सिरिजमार्फत नेपाली बजारमा मध्यम मूल्य वर्गका स्मार्टफोनमा उन्नत प्रविधि र AI सुविधाको पहुँच विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।

वि.सं.२०८२ चैत २३ सोमवार ११:४३ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...