back
CTIZAN AD

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

वि.सं.२०८३ असार २९ सोमवार

411 

shares

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले शुक्रबार नमुना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन्। कलेजको सभाकक्षमा सम्पन्न कार्यक्रममा दुईवटा सेक्सनका ६९ जना विद्यार्थीहरूले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतीकरण गरेका थिए।

विद्यार्थीहरूको समूहले फ्लाई दुबईले पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको, पोखरा पर्यटन परिषद्‌ले रोपाइँ महोत्सव आयोजना गरेको र पोखरा उद्योग वाणिज्य सङ्घले रोजगार मेला आयोजना गरेको विषयमा नमुना पत्रकार सम्मेलन प्रस्तुत गरेका थिए। त्यसै गरी पसल डट कमको सेवा विस्तार, साइमेक्स इन्कर्पोरेसनको विद्युतीय गाडी आयातको विवाद र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत पक्राउको विषयवस्तुमा समेत विभिन्न भूमिकामा प्रस्तुत भई अभ्यास गरेका थिए।

बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरूले कार्यक्रममार्फत मिडियासँग समन्वय गर्ने सीप सिकेको कलेजका प्राचार्य लीना नेगी श्रेष्ठले बताए ।

यस कार्यक्रमबाट कार्यक्षेत्रमा मिडियासँग सम्बन्ध राख्न, पत्रकार सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ति तयार गर्न सिकेको विषय शिक्षक सुवास मल्लले जानकारी दिए।

कार्यक्रममा पत्रकारहरू भरत कोइराला, शोभाकान्त सिग्देल र मन क्षेत्रीले विद्यार्थीहरूको प्रस्तुतीकरणमा टिप्पणी तथा मूल्याङ्कन गरेका थिए । पोखरामा लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकारहरूबाट आफ्नो नमुना पत्रकार सम्मेलनमा पृष्ठपोषण पाउँदा वास्तविक सिकाइ भएको कार्यक्रममा सहभागी विद्यार्थी शोयम शर्माले बताए।

पोखरा कलेज अफ म्यानेजमेन्टले विगत दुई दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी पोखरामा व्यवस्थापन सङ्कायमा अध्ययन अध्यापन गराउँदै आएको छ। हाल कलेजमा दिवा तथा बिहानी सत्रमा ६ सय बढी विद्यार्थीहरू बिबिए, बिबिए फाइनान्स र बिसिएसआइटी कार्यक्रममा अध्ययन गरिरहेका छन्।

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले शुक्रबार नमुना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन्। कलेजको सभाकक्षमा सम्पन्न कार्यक्रममा दुईवटा सेक्सनका ६९ जना विद्यार्थीहरूले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतीकरण गरेका थिए।

विद्यार्थीहरूको समूहले फ्लाई दुबईले पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको, पोखरा पर्यटन परिषद्‌ले रोपाइँ महोत्सव आयोजना गरेको र पोखरा उद्योग वाणिज्य सङ्घले रोजगार मेला आयोजना गरेको विषयमा नमुना पत्रकार सम्मेलन प्रस्तुत गरेका थिए। त्यसै गरी पसल डट कमको सेवा विस्तार, साइमेक्स इन्कर्पोरेसनको विद्युतीय गाडी आयातको विवाद र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत पक्राउको विषयवस्तुमा समेत विभिन्न भूमिकामा प्रस्तुत भई अभ्यास गरेका थिए।

बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरूले कार्यक्रममार्फत मिडियासँग समन्वय गर्ने सीप सिकेको कलेजका प्राचार्य लीना नेगी श्रेष्ठले बताए ।

यस कार्यक्रमबाट कार्यक्षेत्रमा मिडियासँग सम्बन्ध राख्न, पत्रकार सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ति तयार गर्न सिकेको विषय शिक्षक सुवास मल्लले जानकारी दिए।

कार्यक्रममा पत्रकारहरू भरत कोइराला, शोभाकान्त सिग्देल र मन क्षेत्रीले विद्यार्थीहरूको प्रस्तुतीकरणमा टिप्पणी तथा मूल्याङ्कन गर्नुभएको थियो। पोखरामा लामो समयदेखि पत्रकारिता गरिरहनुभएका पत्रकारहरूबाट आफ्नो नमुना पत्रकार सम्मेलनमा पृष्ठपोषण पाउँदा वास्तविक सिकाइ भएको कार्यक्रममा सहभागी विद्यार्थी शोयम शर्माले बताए।

पोखरा कलेज अफ म्यानेजमेन्टले विगत दुई दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी पोखरामा व्यवस्थापन सङ्कायमा अध्ययन अध्यापन गराउँदै आएको छ। हाल कलेजमा दिवा तथा बिहानी सत्रमा ६ सय बढी विद्यार्थीहरू बिबिए, बिबिए फाइनान्स र बिसिएसआइटी कार्यक्रममा अध्ययन गरिरहेका छन्।

वि.सं.२०८३ असार २९ सोमवार १२:५४ मा प्रकाशित

सुवा बाढीः १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता

सुवा बाढीः १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता

काठमाडौँ । रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित...

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु

नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा...

भोटेकोशी विपदमा छलफल गर्न  सर्वदलीय बैठक सुरु

भोटेकोशी विपदमा छलफल गर्न  सर्वदलीय बैठक सुरु

काठमाडौँ । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत...

भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी बाढीपछि रसुवामा कार्यरत २८ प्रहरी कर्मचारी सम्पर्कविहीन...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...