back
CTIZAN AD

पहिरोमा परी चार महिने शिशुको मृत्यु

वि.सं.२०८३ असार २९ सोमवार

327 

shares

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार महिने शिशुको मृत्यु भएको छ । उनकी आमा गम्भीर घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोष कुमार खड्काका अनुसार गएराति करिब ९ बजे गएको पहिरोमा परी ४ महिनाकी एलिना थामीको मृत्यु भएको हो उनकी आमा १९ वर्षीया शर्मिला थामी गम्भीर घाइते भएकी हुन् ।

भिमेश्वर नगरपालिका–१ सुस्पास्थित माइतीबाट उनीहरू बोलेरो गाडी चढेर घर फर्किरहेका थिए । सुनखानी–साङवा सडक खण्डस्थित क्याङपोल हेलेक्पाथालीको पहिरोले सडक अवरुद्ध भएकाले गाडीमा ओर्लिएर हिँड्ने क्रममा अर्को पहिरोमा उनीहरू परेका थिए ।

स्थानीयले उद्धार गरेर उनीहरूलाई दोलखास्थित धुलिखेल अस्पतालको शाखा अस्पतालमा पठाएका थिए । अस्पताल पुर्‍याएलगत्तै छोरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । आमा शर्मिलालाई भने थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

वि.सं.२०८३ असार २९ सोमवार १२:४१ मा प्रकाशित

भोटेकोशी बाढीले बैंकिङ क्षेत्रको कर्जा र लगानीमा समेत असर पर्न सक्ने सिबिफिनको भनाइ

भोटेकोशी बाढीले बैंकिङ क्षेत्रको कर्जा र लगानीमा समेत असर पर्न सक्ने सिबिफिनको भनाइ

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट बैंक तथा वित्तीय...

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको...

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...