back
CTIZAN AD

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

वि.सं.२०८३ असार २९ सोमवार

180 

shares

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका आदिकवि भानुभक्त आचार्य केवल कवि मात्र नभएर नेपाली आत्माको स्वर भएको बताएका छन् ।

आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका अवसरमा भानु प्रतिष्ठानले आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा उनले आचार्य राष्ट्रिय विभूति, नेपाली जातीय चेतनाका प्रतीक र जनताका प्रमुख प्रतिनिधि स्रष्टा भएको उल्लेख गरे । उनले भने, “आदिकवि नेपाली चेतनाको आधारशिला र नेपाली भाषाको पहिचान निर्माण गर्ने व्यक्तित्व हुनुहुन्थ्यो । आदिकविका विषयमा खोज अनुसन्धान व्याख्या विश्लेषण र भानु संस्कृति निर्माणमा भानु प्रतिष्ठानको योगदान रहेको छ । ”
भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर आम नेपालीलाई धर्म, दर्शन, नीति र आदर्शको सहज पहुँच उपलब्ध गराएका सभामुख अर्यालले बताए ।

“साहित्य केवल विद्वान्का लागि होइन, जनताको हृदयमा बस्ने भाषा हो भनी भानुभक्तले सिद्ध गर्नुभयो, आदिकविको लेखनीले नेपाली भाषालाई घरघरमा पु¥यायो, जनजनमा चेतना जगायो, हाम्रो सांस्कृतिक एकतालाई मजबुत बनायो । नेपालभित्र मात्र होइन नेपाल बाहिर रहेका समस्त नेपालीलाई नेपाली भाषाले नै एकताको सूत्रमा बाँध्ने गरेको छ । भानुभक्तले रामायण दिए । रामायणसहित नेपाली साहित्यले महाकाव्य पायो । त्यही महाकाव्यको क्रम आजसम्म जीवित छ”, उनले भने ।

भानुभक्तलाई आजको दिन सम्झनु मात्र होइन, उनको योगदानलाई आत्मसात् गर्दै नेपाली भाषा र साहित्यलाई अझ समृद्ध बनाउने सङ्कल्प लिनु आवश्यक रहेकामा सभामुख अर्यालले जोड दिए । आधुनिक प्रविधि, विश्वव्यापी प्रतिस्पर्धा र बदलिँदो सामाजिक संरचनाबीच नेपाली भाषा, संस्कृति र पहिचानलाई जोगाउनु र उन्नत बनाउनु सबैको सामूहिक जिम्मेवारी भएको उनले बताइ ।

भानुभक्तले देखाएको मार्ग–सरलता, स्पष्टता, जनतासँगको निकटता आज पनि उत्तिकै सान्दर्भिक रहेको छ । युवापुस्तालाई नेपाली भाषा र साहित्यप्रति आकर्षित गर्नुपर्छ, सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्छ र भानुभक्तको आदर्शलाई समयानुकूल रूपान्तरण गर्दै अघि बढ्नुपर्नेमा सभामुख अर्यालको जोड छ ।

भानुभक्तको सम्मानमा जे जति गरिन्छन् ती सबै नेपाली राष्ट्रियताका पहरेदार कर्म हुन् र नेपाली मौलिकताका परिचायक हुन् । कार्यक्रममा साहित्यकार महेश्वर शर्मा र डा आना एम स्टिरलाई उहाँहरुले नेपाली साहित्य क्षेत्रमा गर्नुभएको योगदानका लागि रथारोहण गरी सम्मान गरिएको थियो ।

साहित्यकार शर्मा उमेर, ज्ञान र सिर्जना वैभवले पाको हुनुहुन्छ । संस्कृतिको खोज र अन्वेषणका लागि समर्पित डा स्टिरले नेपाली लोक साहित्य संस्कृति र नेपाली भाषाको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । उहाँहरूलाई सभामुख अर्यालले सम्मान गर्नुभएको थियो । औपचारिक कार्यक्रम अघि सम्मानित व्यक्तित्वद्वयलाई रथारोहण गरी प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा साहित्यकार एवं विभिन्न विद्यालयका छात्रछात्राको पनि सहभागिता थियो । सो अवसरमा प्रतिष्ठान परिसरमा रहेको भानुभक्तको प्रतिमामा माल्यार्पण गरिएको थियो ।

वि.सं.२०८३ असार २९ सोमवार १२:३८ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...