back
CTIZAN AD

राष्ट्रियसभामा कसले के भनाई राखे ?

वि.सं.२०८३ साउन २१ बिहीवार

90 

shares

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले स्वास्थ्य बिमा, जातीय विभेद्, बाढीपहिरो, किसानका समस्या, पूर्वाधारलगायत जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा सभाका सदस्यहरूले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन, जातीय विभेद्विरुद्ध भइरहेको सत्याग्रहप्रति सरकारको ध्यानाकर्षण गराउनेदेखि बाढीपहिरो, वन्यजन्तु आतङ्क, सडक, दूधको भुक्तानीलगायत समसामयिक जनसरोकारका विषयमा सभाअध्यक्षमार्फत सरकारको ध्यानार्कषण गराएका हुन् ।

सदस्य गीता देवकोटाले स्वास्थ्य बिमालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । सदस्य धर्मेन्द्र पासवानले रौतहट सीमाक्षेत्रमा निर्माण गरिएको तटबन्धको उचाइका कारण गौर डुबानमा पर्नसक्ने जोखिम रहेको भन्दै तत्काल आवश्यक पहल गर्न अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सदस्य सोमनाथ पोर्तेलले जातीय विभेद् र छुवाछुतमुक्त समाज, समानता र न्यायको माग गर्दै माइतीघरमा सत्याग्रह गरिरहेकी दीपा नेपालीसँग गृहमन्त्रीले छलफल र वार्ता गनुपर्ने आग्रह गरे । सदस्य मीनासिंह रखालले दैलेखमा बाँदरको आतङ्कका कारण किसानले भोगिरहेका समस्यातर्फ सरकारको ध्यानाकर्षण गराउँदै मकैबालीमा भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन माग गरिन् । उनले एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्दै कालोबजारी नियन्त्रण गर्न पनि आग्रह गरिन् ।

सदस्य रञ्जित कर्णले सप्तरीको राजविराज जोड्ने मुख्य सडकको निर्माण प्रक्रिया सक्दो छिटो अघि बढाउन माग गरे । सदस्य रोश्नी मेचेले एलपी ग्यासको उपलब्धता, राहदानी सेवा र स्वास्थ्य बिमासम्बन्धी सेवा प्रभावकारी बनाउन आग्रह गरे । सदस्य वासुदेव घिमिरेले सुनसरी घटना छानबिनका लागि छुट्टै निष्पक्ष छानबिन आयोग गर्न आग्रह गरे।

सभाका सदस्य डा जगत तिमिल्सिनाले प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले ‘एमनेस्टी इन्टरनेसनल’, ‘आइसिजे’ र ‘ह्युमन राइट्स वाच’सँग स्पष्टीकरण माग्न सरकारलाई दिएको निर्देशनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए ।

सदस्य सम्झना देवकोटाले गोरखामा बाढीपहिरोबाट भएको क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरिन् । सदस्य सुनीलबहादुर थापाले धनकुटामा दुग्ध विकास संस्थान (डिडीसी)ले किसानबाट खरिद गरेको दूधको बक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारसँग माग गरे ।

वि.सं.२०८३ साउन २१ बिहीवार १९:१९ मा प्रकाशित

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...