back
CTIZAN AD

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

वि.सं.२०८२ चैत २२ आइतवार

507 

shares

तेहरान । इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा दुई पुरुषलाई फाँसी दिएको छ । इरानी न्यायालयको ‘मिजान अनलाइन वेबसाइट’का अनुसार मोहमद–अमीन बिग्लारी र शाहिन वाहेदपरस्त जनवरी सन् २०२६ मा भएको विरोध प्रदर्शनमा सहभागी भएको आरोपमा मृत्युदण्ड दिइएको हो । सर्वोच्च अदालतले आफ्नो फैसला पुनः पुष्टि गरेपछि फाँसी कार्यान्वयन गरिएको जनाइएको छ ।

विरोध प्रदर्शनहरू सुरुमा आर्थिक असन्तुष्टिका कारण थियो तर चाँडै राष्ट्रव्यापी विरोधमा परिणत भए । जनवरी ८ र ९ मा विरोधको चरमउत्कर्ष पुगेको थियो । इरानी अधिकारीहरूले ती विरोधहरू शान्तिपूर्ण सुरु भए तापनि पछि ‘विदेशले उक्साएको हिंसात्मक विद्रोह’ मा परिणत भएको दाबी गरेका छन्, जसमा हत्याकाण्ड र तोडफोड समावेश थियो ।

इरानले विगत केही दिनमा प्रदर्शन वा विपक्षी समूहसँग सम्बन्धित धेरै व्यक्तिहरूलाई फाँसी दिएको छ, जसमा निषेधित पीपुल्स मुजाहिदिन (एमईके) का सदस्यहरू पनि छन् । यस घटनाक्रमले इरान–इजरायल–संयुक्त राज्य अमेरिका युद्धको पृष्ठभूमिमा आएको थप तनावलाई देखाउँछ । उक्त युद्ध फेब्रुअरी २८ मा सुरु भएको थियो र यसमा इरानी सर्वोच्च नेता अली खामेनी मारिएका थिए ।

इरानी अधिकारीहरूले प्रदर्शनमा तीन हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ, जसमा सुरक्षाकर्मी र सर्वसाधारण दुबै छन्, र यसलाई ‘आतङ्कवादी कार्य’ भनी ठहराएको छ । तर अमेरिकी आधारित मानवअधिकार संस्था ‘एचआरएएनए’ ले सात हजार भन्दा बढी मृत्युकाण्ड रेकर्ड गरेको छ र वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने चेतावनी दिएको छ । (रासस/एएफपी)

वि.सं.२०८२ चैत २२ आइतवार १४:१५ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...