back
CTIZAN AD

नबिल बैंकको फोनलोन: अब कागजी झन्झट बिना, मोबाइलबाटै ऋण

वि.सं.२०८२ चैत २२ आइतवार

651 

shares

काठमाडौं । पछिल्लो समय नेपालमा डिजिटल बैंकिङ्गको प्रयोग बढ्दै जाँदा नबिल बैंकले आफ्ना ग्राहकका लागि एउटा विशेष सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एप ‘एनबैंक’मार्फत बिना कुनै कागजी प्रक्रिया तत्कालै ऋण पाइने ‘फोनलोन’ सुविधालाई प्राथमिकताका साथ अघि बढाएको हो ।

यस सुविधा अन्तर्गत योग्य ग्राहकहरूले घरमै बसीबसी आफ्नो मोबाइलबाट केही मिनेटमै ऋण प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार बैंकमा धाउनु पर्ने र कागजात पेश गर्नुपर्ने झन्झटलाई यो सु्विधाले पूर्ण रूपमा अन्त्य गरिदिएको छ ।

के हो फोनलोन र कति पाइन्छ ऋण ?

नबिल फोनलोन एक ‘प्रि–एप्रुभ्ड’ (पहिले नै स्वीकृत) डिजिटल कर्जा हो । यसमा बैंकले ग्राहकको खाताको कारोबार र आम्दानीको आधारमा ऋणको सीमा निर्धारण गर्दछ । बैंकले न्यूनतम ५००० देखि अधिकतम २ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने जनाएको छ ।

फोन–लोनमार्फत कस्ता कस्ता ऋणका उपलब्ध हुन्छन् ?

ग्राहकले आफ्नो आवश्यकता अनुसार दुई प्रकारका ऋण रोज्न पाउने बैंकले जनाएको छ । जसमध्ये एक महिने कर्जा पहिलो रहेको छ । कर्जा लिएको एक महिनाभित्रै चुक्ता गर्ने गरी लिइने सापट रहकोे छ भने १, ३, ६, ९ वा १२ महिनासम्मको किस्तामा तिर्न सकिने कर्जा किस्ताबन्दी कर्जा रहेको बैंकले जनाएको छ ।

को–को हुन सक्छन् योग्य ?

यो सुविधा सबैका लागि नभई बैंकले तोकेको निश्चित मापदण्ड पुगेका ग्राहकका लागि मात्र उपलब्ध छ । यसका लागि नबिल बैंकमा व्यक्तिगत खाता भएको
पछिल्लो ६ महिनामा कम्तिमा ५ पटक तलब वा सो सरहको रकम खातामा जम्मा भएको हुनुपर्ने छ ।

त्यस्तै मासिक आम्दानी कम्तिमा १० हजार रुपैयाँ हुनुपर्ने तथा बैंकसँगको कारोबार र क्रेडिट हिस्ट्री (कर्जा भुक्तानीको रेकर्ड) राम्रो हुनुपर्ने बैंकको भनाई छ ।

कस्तो छ ब्याजदर र अन्य सुविधा ?

बैंकका अनुसार यस कर्जाको ब्याजदर बैंकको आधार दरमा ५ प्रतिशत थप गरी निर्धारण गरिएको छ । यसको सबैभन्दा ठूलो विशेषता भनेको ’प्रि–पेमेन्ट’ सुविधा हो ।
यदि ग्राहकले तोकिएको समयभन्दा अगाडि नै ऋण चुक्ता गर्न चाहेमा बैंकले कुनै पनि अतिरिक्त शुल्क नलिने बैंकले जनाएको छ ।

कस्तो छ ऋण लिने प्रक्रिया ?

योग्य ग्राहकहरूको एनबैंक एपको होमपेजमै ब्यानर देखिनेछ । त्यसमा क्लिक गरी ग्राहकले आफ्नो विवरण दर्ता गरेर तुरुन्तै आवेदन दिन सक्छन् । आवेदन दिएको केही सेकेन्डमै स्वीकृत रकम सिधै ग्राहकको बैंक खातामा जम्मा हुन्छ ।
यो सुविधाले सानातिना गर्जो टार्न र आकस्मिक आर्थिक आवश्यकता पुरा गर्न सर्वसाधारणलाई ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ ।

 

वि.सं.२०८२ चैत २२ आइतवार १४:११ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...