back
CTIZAN AD

माल्दिभ्स : मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव

वि.सं.२०८२ चैत २२ आइतवार

480 

shares

माल्दिभ्स । खर्च कटौतीको उद्देश्यले राष्ट्रपति र संसदीय चुनाव एकै दिन गराउने सरकारी प्रस्तावलाई माल्दिभ्सका मतदाताले जनमतमार्फत अस्वीकार गरेका छन् । शनिबार सम्पन्न जनमत सङ्ग्रहको आधिकारिक नतिजाअनुसार ६८.७७ प्रतिशत मतदाताले प्रस्तावको विपक्षमा मतदान गरेका छन् । यसले सरकारको योजना स्पष्ट रूपमा खारेज भएको देखाएको छ ।

निर्वाचन आयोगका अनुसार करिब दुई लाख ९४ हजार मतदाता रहेको देशमा झन्डै दुई तिहाइले मतदानमा सहभागिता जनाएका थिए । सोही दिन सम्पन्न स्थानीय परिषद् चुनावले पनि सत्तारूढ पक्षका लागि निराशाजनक सन्देश दिएको छ । राष्ट्रपति मोहम्मद मुइज्जुको पिपुल्स नेसनल कङ्ग्रेसले अपेक्षित सफलता हासिल गर्न सकेन भने प्रमुख विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टीले राजधानी माले र दोस्रो ठूलो क्षेत्र अड्डुको प्रमुख परिषद्मा विजय हासिल गरेको छ ।

राष्ट्रपति मुइज्जुले सामाजिक सञ्जाल एक्समार्फत चुनाव परिणामलाई सम्मानपूर्वक स्वीकार गर्दै विजेताहरूलाई बधाई दिए । उनले देश आर्थिक चुनौतीबाट गुज्रिरहेका बेला खर्च घटाउने उपायका रूपमा दुवै राष्ट्रिय चुनाव एकैपटक गराउने प्रस्ताव अघि सारेका थिए । यसबाट करिब ८० लाख अमेरिकी डलर बचत हुने दाबी गरिएको थियो ।

प्रस्तावअनुसार वर्तमान संसद्को कार्यकाल करिब पाँच महिना घटाएर सन् २०२८ सेप्टेम्बरमा हुने राष्ट्रपति चुनावसँग मिलाउने योजना थियो । तर मतदाताले यसलाई समर्थन नगरेपछि उक्त योजना कार्यान्वयन नहुने भएको छ ।

यसअघि सरकारले सन् २०२४ मा अन्तर्राष्ट्रिय मुद्राकोषको बेलआउट अस्वीकार गर्दै आन्तरिक खर्च कटौतीको नीति अघि सारेको थियो । त्यसक्रममा राष्ट्रपतिको तलब आधा गर्ने निर्णयसमेत गरिएको थियो । करिब तीन लाख ८२ हजार जनसङ्ख्या रहेको माल्दिभ्सले आफ्नो आर्थिक समस्या अस्थायी भएको र बाह्य सहायता नलिने अडान दोहो¥याउँदै आएको छ ।(रासस/एएफपी)

वि.सं.२०८२ चैत २२ आइतवार १३:५० मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...