back
CTIZAN AD

नेपालले दियो ३३२ रनको विशाल लक्ष्य, ४ खेलाडीले जडे अर्धसतक

वि.सं.२०७८ फागुन २६ बिहीवार

720 

shares

२६ फागुन, काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तगर्तको त्रिकोणात्मक श्रृखलाको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलंका पुलिस बिचको अभ्यास खेलमा टस जितेर पहिले ब्याटिङ्ग गरेको नेपाली टिमले ५० ओभरमा ७ विकेट गुमाएर ३३१ रन बनाएको छ ।

नेपालका लागि ब्याटिङ्गमा ४ खेलाडील अर्धसतक जडेका थिए । रोहित कुमार पौडेलले ७२, कुशल भुर्तेलले ५७, आसिफ शेखले ५२ र करण केसीले ५३ रन बनाएका थिए । त्यसैगरी आरिफ शेखले ३५, विनोद भण्डारीले ३, भिम सार्कीले २, पवन ३ र कमल सिंह ऐरीले ४५ रन बनाएका थिए ।

नेपाली राष्ट्रिय टिम विरुद्ध जित हासिल गर्नको लागि श्रीलंका पुलिसले ५० ओभरमा ३३२ रन बनाउन पर्ने छ ।

वि.सं.२०७८ फागुन २६ बिहीवार १५:०० मा प्रकाशित