back
CTIZAN AD

गठबन्धनको पक्षमा उभिए देउवा– एक्लै लड्दा कसैले बहुमत ल्याउन्न

वि.सं.२०७८ फागुन २६ बिहीवार

897 

shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा गठबन्धन नै गरेर जानुपर्ने बताएका छन् । नेपाली कांग्रेस पर्साका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै उनले गठबन्धन नगरी जाँदा कसैले पनि बहुमत ल्याउन नसक्ने बताए ।

“यही अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याएर सरकार बनाउन सक्दैन, सरकारका लागि गठबन्धन आवश्यक हुन्छ, हिजो एक्लै चुनाव लड्दा हाम्रो अवस्था के थियो ? तपाईंहरूलाई थाहै छ”, प्रधानमन्त्री देउवाले भने, “अहिले गठबन्धनका सरकार हुँदा मिलेर चुनाव लडियो भने स्थानीय तह, प्रदेश र केन्द्रमा पनि हाम्रो गठबन्धनको सरकार रहिरहन सक्छ ।”

उनले वर्तमान सरकार दलहरुबीचकोे सहकार्यको उपलब्धी भएको बताए । देउवाले आफुँ प्रधानमन्त्री भएसँगै देशमा धेरै परिवर्तन पनि भएको बताए । उनले लेख्ने बोल्ने स्वतन्त्रता जनताले निर्धक रुपमा पाएको उल्लेख गरे ।

“म प्रधानमन्त्री हुँदाको अवस्था र अहिलेको अवस्थामा धेरै फरक छ, वास्तवमा मैले त प्रधानमन्त्री हुन नै चाहेकै थिइनँ, मलाई गठबन्धनका सबै साथीहरूले सहयोग गरेर प्रधानमन्त्री भएको हुँ”, देउवाले भने, “अहिले परिस्थिति बद्लिएको छ, डरत्रास हटेको छ, लेख्ने बोल्ने स्वतन्त्रता प्राप्त भएको छ ।”

स्मरणरहोस्, कांग्रेसभित्र चुनावी गठबन्धन गर्न नहुने मत बढी देखिएको छ । हालै बसेको कांग्रेस पदाधिकारी बैठकमा पार्टी महामन्त्री गगन थापाले एक्लै लड्दा कांग्रेसले बहुमत ल्याउने बताएका थिए ।

वि.सं.२०७८ फागुन २६ बिहीवार १५:११ मा प्रकाशित

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधा । सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक...

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहा । सिरहामा दुई पक्षबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली...

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक...

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

काठमाडौँ । आज साताको पाँचौँ कारोबारको दिन पनि नेप्से परिसूचक...

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

काठमाडौँ । ‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय...