back
CTIZAN AD

परापूर्वकालदेखि नै महिला अधिकार स्थापित छ : मन्त्री कार्की

वि.सं.२०७८ फागुन २६ बिहीवार

756 

shares

मोरङ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले इस्लाम धर्ममा महिलाको अधिकार परापूर्वकालदेखि नै स्थापित भएको बताएका छन् ।

इस्लामी सङ्घ नेपालद्वारा नारी दिवसका अवसरमा आज यहाँ आयोजित ‘राष्ट्रव्यापी महिला अधिकार अभियान’ को समापन समारोहमा उनले महिलाको अधिकार धार्मिक ग्रन्थ कुरानमै उल्लेख हुनु निकै रमाइलो पक्ष हो भने ।

मन्त्री कार्कीले महिलाको विवाह हुने अन्तिम समयमा पनि विवाह गर्न राजी छौ कि छैनौँ स्वीकृति लिने प्रचलनले महिला अधिकार स्थापित भएको एक उदाहरण भएको बताउँदै मुस्लिम महिलाले अधिकारको लडाइँसँगै शिक्षामा पनि अघि बढ्नुपर्ने सुझाव दिए । महिलाबिनाको सृष्टिको सिर्जना हुन नसक्ने भन्दै मन्त्री कार्कीले अधिकार मागेर होइन, खोसेर लिन सक्नुपर्छ भने ।

सो अवसरमा मौलाना ताहिर नदवी, जुलफकर अली जेनिसा सुमन, केशरजहाँ फलाही र जनिसा खातुनले पनि महिला अधिकारका पक्षमा बोेलेका थिए ।
कार्यक्रममा चिकित्सा तथा शिक्षा क्षेत्रमा अमूल्य योगदान दिने मुस्लिम समुदायकका अगुवा महिला प्राध्यापक बिलकिस बानो, डा फरिदा खातुन, समाजसेवी जनिसा सुमनलाई सम्मान गरिएको थियो ।

फागुन २० देखि २६ गतेसम्म सञ्चालन भएको सो अभियान प्रदेश नं १ मा मुस्लिम बाहुल्यता भएको क्षेत्रमा प्रवचन दिने, चेतना फैलाउने तथा सुनसरी, मोरङ, झापा, उदयपुर र कृषि इञ्जीनियरिङ क्याम्पस धरानसहित सामुदायिक विद्यालय एवं मदरसा र निजी विद्यालयमा सो अभियान सञ्चालन गरिएको बताइएको छ ।

वि.सं.२०७८ फागुन २६ बिहीवार १५:१९ मा प्रकाशित

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...

फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

वीरगञ्ज (पर्सा) । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवाद,...