back
CTIZAN AD

हात्तीपाइलेको ‘औषधि सेवन कार्ड’ अनिवार्य, यदि औषधी कार्ड नभए यस्ता सेवाहरुबाट वञ्चित

वि.सं.२०७८ फागुन २७ शुक्रवार

693 

shares

पर्वत । अन्धविश्वास र कुप्रचारका कारण नागरिकले हात्तीपाइलेविरुद्धको औषधि खान नमान्दा पर्वतमा ‘औषधि सेवन कार्ड’ अनिवार्य गरेर हात्तीपाइलेविरुद्धको औषधि खुवाउने तयारी गरिएको छ ।

हात्तीपाइलेविरुद्धको औषधि सेवन गर्ने अभियान यही फागुन २८ गतेदेखि आगामी चैत ६ गतेसम्म सञ्चालन हुने भएको हो । औषधिलाई परीक्षणका रूपमा प्रयोग गरिएको हो भन्ने कुप्रचारका कारण औषधि सेवन गर्न नमानेपछि यस्तो उपाय अपनाइएको हो । स्वास्थ्यकर्मीकै प्रत्यक्ष निगरानीमा औषधि खुवाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले बताए ।

पर्वतको कुश्मा नगरपालिका–१ पाङको नुवार, टार र ततरकोट तथा फलेवास नगरपालिका–५ खानीगाउँ हात्तीपाइले रोगको जटिल क्षेत्र हुन् । लगातार छ वर्षसम्म हात्तीपाइलेविरुद्धको औषधि सेवन गरेमा त्यसपछि भने सेवन गर्नु नपर्ने भए पनि पर्वतमा भने यो पटक १३औँ चरणमा औषधि खुवाउन थालिएको छ । हरेक नागरिकले अनिवार्यरूपमा औषधि खानुपर्ने बाध्यता गराउन ‘पारिवारिक औषधि सेवन कार्ड’ अनिवार्य गरेर औषधि सेवन गराउन लागिएको निमित्त कार्यालय प्रमुख पौडेलले बताए ।

‘म आफैँ खान्छु भन्ने, स्वयंसेविकाबाट औषधि लिने तर नखाइ फालिदिने गरेका कारण अझै पाँच प्रतिशतमा सङ्क्रमण देखिएको छ । यही कारण कोभिड खोप कार्डजस्तै हात्तीपाइलेको औषधि सेवन कार्ड बनाएर खुवाउन लागिएको हो”, उनले भने, “त्यो कार्ड नदेखाई वडा वा नगरपालिकाका सेवा लिन नपाउने अवस्था हुन सक्छ । ती ठाउँमा आवश्यक परे प्रहरी उपस्थित गराएर भए पनि स्वास्थ्यकर्मीको अगाडि औषधि सेवन गराउनुपर्ने अवस्था पनि रहन सक्छ ।”

व्यक्तिका लागि नभई परिवारका सदस्य सबैको एकमुष्ट कार्ड बन्ने भएका कारण परिवारका कोही एकजनाले मात्रै औषधि सेवन नगरे पनि कार्ड नपाइने पौडेल बताए । हरेक वर्ष समस्या देखिएपछि यो वर्ष कडाइका साथ औषधि सेवन गराउन प्रशासनसँग समेत कुरा भइरहेको उनको भनाइ छ । औषधि सेवन कार्यक्रमलाई जिल्लाभर नै प्रभावकारी बनाउन यो वर्ष स्वास्थ्य स्वयंसेविकामार्फत औषधि वितरण गर्ने काम रोकिएको छ । स्वयंसेविकालाई अटेरी गरेको देखिएका कारण आवश्यक परामर्शसहित स्वास्थ्यकर्मीकै निगरानीमा औषधि खुवाउने तयारी स्वास्थ्य कार्यालयले गरेको छ ।

पर्वत अस्पतालका चिकित्सक डा डिबी क्षेत्रीका अनुसार हात्तीपाइलेविरुद्ध खुवाइने औषधिले लुतो, एलर्जी, जुम्रा पर्नेलगायतका समस्याकोसमेत उपचार गर्ने भएकाले आम नागरिकले ढुक्क भएर औषधि सेवन गर्नुपर्ने बताए । सार्क राष्ट्रका भारत र नेपालमा हात्तीपाइले समस्या बढिरहेको बताउँदै उनले कुप्रचार र अन्धविश्वासका कारण यो अवस्था आएको बताए । “दुई वर्षभन्दा कम उमेरका बच्चा, गर्भवती वा सुत्केरी भएको सात दिनसम्मका आमा तथा सिकिस्त बिरामीलाई हामी यो औषधि दिँदैनौँ”, उनले भने, “७० वर्ष उमेर पार गर्नुभएका ज्येष्ठ नागरिकको हकमा स्वास्थ्यकर्मीले अवस्था हेरेर विचार गर्नुहुन्छ ।”

स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो वर्ष जिल्लाका ८४ प्रतिशतले औषधि सेवन गरेका थिए । यो वर्ष एक लाख ११ हजार ३२५ जनालाई औषधि खुवाउने लक्षित समूहमा राखिएको छ । छ हजार ३८२ जना दुई वर्षमुनिका बालबालिका तथा चार हजार ११६ जना गर्भवतीबाहेक अरूलाई लक्षित समूहमा राखिएको छ । औषधि सेवन गराउन करिब ३०० स्वास्थ्यकर्मी र ५०० महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने तयारी स्वास्थ्य कार्यालयले गरेको छ ।

 

वि.सं.२०७८ फागुन २७ शुक्रवार १६:०२ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र...