back
CTIZAN AD

नवनियुक्त राजदूत प्रा श्रीधर खत्रीलाई अमेरिकामा स्वागत

वि.सं.२०७८ फागुन २९ आइतवार

807 

shares

विजय थापा । अमेरिकाका लागि नवनियुक्त राजदूत प्रा श्रीधर खत्रीलाई वाशिंगटन डिसीमा स्वागत गरिएको छ ।

दूतावासका कार्यबाहक राजदुत कुमार राज खरेल, महाबाणिज्यदूत प्रेम राजा महत लगायत दूताबास परिवारले पुष्पगुच्छा र खादा लगाइ डलस अन्तर्राष्टिय विमानस्थलमा स्वागत गरेको हो ।

उक्त स्वागत कार्यक्रममा राजदूत खत्रीले सबैलाई धन्यवाद दिँदै आफुलाई अमेरिकामा बस्ने नेपालीहरुबाट साथ र सहयोग मिल्नेमा विश्वस्त रहेको बताए ।

राजदूत खत्रीले संसदबाट एमसीसी पारित भएकोमा अब अमेरिका र नेपाल बीच सम्बन्ध राम्रो हुँदै जाने समेत बताए ।
कार्यक्रममा महाबाणिज्यदूत प्रेमराजा महतले पनि राजदूत खत्रीलाई स्वागत गर्दै खुसी व्यक्त गरेका थिए ।
यसअघि केपी शर्मा ओली नेतत्वको सरकारले राजदुत बनाएका पूर्वअर्थमन्त्री डा युवराज खतिवडा(विद्या वारिधि )लाई फिर्ता गरेर वर्तमान सरकारले खत्रीलाई नियुक्त गरेको थियो । संसदबाट एमसीसी अनुमोदन भएकै दिन खत्री राजदूतमा नियुक्त भएका हुन् । ।

सरकारले केही महिना अगाडी एकैपटक अमेरिकाका लागि प्रा खत्री, भारतका लागि डा शंकर शर्मा, वेलायतको लागि ज्ञानचन्द्र आचार्यलाई राजदुत मनोनयन गरेको थियो । बेलायतका राजदुत ज्ञानचन्द्र आचार्य बेलायत पुगीसकेका छन् ।
प्राध्यापक खत्री नेपालको परराष्ट्र मामिलामा पहिलो पंक्तिमध्येका अन्तर्राष्ट्रिय मामला विज्ञ मानिन्छन् । लामो समयदेखि नेपालको विदेश नीति निर्माणमा विभिन्न भूमिकामा रहेर काम गरि सकेका छन् ।

खत्री अमेरिकामा सत्तरीकै दशकमा राजनीति र कूटनीतिमा उच्च शिक्षा लिएका अन्तर्राष्ट्रिय राजनीतिका र कूटनीतिका विज्ञ हुन् ।

वि.सं.२०७८ फागुन २९ आइतवार १२:३९ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...