Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

होसो नेपालको प्रथम साधारणसभा सम्पन्न, विभिन्न उपसमिति गठन



hoso-general-assembly-1
२ चैत्र, काठमाडौँ । समग्र स्वास्थय समाज(होसो) नेपालले प्रथम साधारण सभा सम्पन्न गरेको छ । राजधानीमा आज सम्पन्न होसोको साधारण सभाले महासचिवको प्रगति प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गर्दै पुनः रुद्र शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन समेत गरेको छ । सो कार्यसमितिको उपाध्यक्षद्वयमा निलकण्ठ तिवारी र डा. पियुष झा चयन हुनुभएको छ भने महासचिवमा डा. सञ्जय घिमिरे, सचिवमा चन्द्रीका (चन्दा) राना, कोषाध्यक्षमा टिका गौतम र सदस्यमा सुर्यनारायण यादव, शिव पौडेल, डा. स्वस्ती शर्मा र युवराज भण्डारीलाई चयन हुनुभएको छ ।

त्यस्तै सो सभाले सल्लाहकार समितिको पनि चयन गरेको छ । जसमा लोककृष्ण भट्टराई, सुरेन्द्रबहादुर शाह, डा. जागेश्वर गौतम, डा झलक गौतम, डा अनिल भट्टराई, डा परिमल आचार्य, शिव पोखरेल र मीना शर्मा रहनुभएको छ ।

hoso-nepal-general-assembly-2संस्थाका अध्यक्ष रुद्र शर्माको अध्यक्षतामा सम्पन्न सो साधारणसभा अष्ट ज अभियान नेपालका अध्यक्ष लोककृष्ण भट्टराईको प्रमुख आतिथ्तामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका महासचिव डा. सञ्जय घिमिरेले गर्नुभएको थियो ।

२०७३ कार्तिकमा स्थापना भएको होसो नेपालले कोरियाको ख्वाङ्जु महानगरपालिकाको सहयोगमा पर्वतको डिमुवामा ख्वाङजु क्लिनिक सञ्चालन गर्दै आएको छ । स्थापनाको छोटो समयमै उक्त क्लिनिकमा थुप्रै बिरामीले सेवा लिएका छन् ।

साधारणसभा सम्पन्न भएपश्चात होसो नेपालको नयाँ कार्यसमितिको बैठक बसेको थियो । अध्यक्ष रुद्र शर्माको अध्यक्षतामा बसेको उक्त बैठकले ख्वाङजु क्लिनिकको व्यवस्थापनलाई चुस्त बनाउँदै सेवा प्रदान गर्ने उद्देश्यले विभिन्न ३ उपसमितिहरु बनाएको छ । डा पियुष झा र डा सञ्जय घिमिरे लगायत रहेको डाक्टरहरुको मेडिकल उपसमिति बनाएको छ । रुद्र शर्मा, डा झलक गौतम, निलकण्ठ तिवारी र युवराज भण्डारी रहेको कार्ययोजना उपसमिति बनाएको छ भने शिव पौैडेल, टिका गौतम र सूर्यनारायण यादव रहेको परियोजना उपसमिति बनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम