back
CTIZAN AD

होसो नेपालको प्रथम साधारणसभा सम्पन्न, विभिन्न उपसमिति गठन

वि.सं.२०७३ चैत २ बुधवार

816 

shares

hoso-general-assembly-1
२ चैत्र, काठमाडौँ । समग्र स्वास्थय समाज(होसो) नेपालले प्रथम साधारण सभा सम्पन्न गरेको छ । राजधानीमा आज सम्पन्न होसोको साधारण सभाले महासचिवको प्रगति प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गर्दै पुनः रुद्र शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन समेत गरेको छ । सो कार्यसमितिको उपाध्यक्षद्वयमा निलकण्ठ तिवारी र डा. पियुष झा चयन हुनुभएको छ भने महासचिवमा डा. सञ्जय घिमिरे, सचिवमा चन्द्रीका (चन्दा) राना, कोषाध्यक्षमा टिका गौतम र सदस्यमा सुर्यनारायण यादव, शिव पौडेल, डा. स्वस्ती शर्मा र युवराज भण्डारीलाई चयन हुनुभएको छ ।

त्यस्तै सो सभाले सल्लाहकार समितिको पनि चयन गरेको छ । जसमा लोककृष्ण भट्टराई, सुरेन्द्रबहादुर शाह, डा. जागेश्वर गौतम, डा झलक गौतम, डा अनिल भट्टराई, डा परिमल आचार्य, शिव पोखरेल र मीना शर्मा रहनुभएको छ ।

hoso-nepal-general-assembly-2संस्थाका अध्यक्ष रुद्र शर्माको अध्यक्षतामा सम्पन्न सो साधारणसभा अष्ट ज अभियान नेपालका अध्यक्ष लोककृष्ण भट्टराईको प्रमुख आतिथ्तामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका महासचिव डा. सञ्जय घिमिरेले गर्नुभएको थियो ।

२०७३ कार्तिकमा स्थापना भएको होसो नेपालले कोरियाको ख्वाङ्जु महानगरपालिकाको सहयोगमा पर्वतको डिमुवामा ख्वाङजु क्लिनिक सञ्चालन गर्दै आएको छ । स्थापनाको छोटो समयमै उक्त क्लिनिकमा थुप्रै बिरामीले सेवा लिएका छन् ।

साधारणसभा सम्पन्न भएपश्चात होसो नेपालको नयाँ कार्यसमितिको बैठक बसेको थियो । अध्यक्ष रुद्र शर्माको अध्यक्षतामा बसेको उक्त बैठकले ख्वाङजु क्लिनिकको व्यवस्थापनलाई चुस्त बनाउँदै सेवा प्रदान गर्ने उद्देश्यले विभिन्न ३ उपसमितिहरु बनाएको छ । डा पियुष झा र डा सञ्जय घिमिरे लगायत रहेको डाक्टरहरुको मेडिकल उपसमिति बनाएको छ । रुद्र शर्मा, डा झलक गौतम, निलकण्ठ तिवारी र युवराज भण्डारी रहेको कार्ययोजना उपसमिति बनाएको छ भने शिव पौैडेल, टिका गौतम र सूर्यनारायण यादव रहेको परियोजना उपसमिति बनाएको छ ।

वि.सं.२०७३ चैत २ बुधवार १०:०२ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...