back
CTIZAN AD

नेपालले पायो २०५ रनको लक्ष्य, सोमपालको घातक बलिङ्ग

वि.सं.२०७८ चैत २ बुधवार

900 

shares

२ चैत, काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तगर्त नेपाल, यूएई र पपुवा न्यूगिनी बिचको त्रिकोणात्मक एकदिवसीय श्रृखला  श्रृखलाको आफ्नो पहिलो खेलमा पपुवा न्यूगिनी विरुद्ध जित हासिल गर्नको लागि २०५ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको पपूवा न्यूगिनीको टिमले ५० ओभरमा ८ विकेट गुमाएर २०४ रन बनाएको हो । नेपालका लागि बलिङ्गमा सोमपाल कामीले सर्वाधिक ३ विकेट हात पारेका थिए । त्यसैगरी सन्दिप लामिछान आरिफ शेख र ज्ञानेन्द्र मल्ले समान १/१ विकेट हात पारेका थिए ।

पपुवन न्यूगिनी विरुद्ध जित हासिल गर्नको लागि नेपाली राष्ट्रिय टिमले ५० ओभरमा २०५ रन बनाउन पर्ने छ ।

वि.सं.२०७८ चैत २ बुधवार १४:५१ मा प्रकाशित