back
CTIZAN AD

मन्त्री हेरफेरको तयारीमा माओवादी र एकीकृत समाजवादी, यी मन्त्रीको जाँदैछ पद

वि.सं.२०७८ चैत २ बुधवार

999 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले मन्त्रीहरु हेरफेर गर्ने भएको छ । विवादित र कार्यसम्पादन मूल्यांकनमा राम्रो नदेखिएका मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी दुवै दलले गरेका छन् । बताइएअनुसार दुवै दलले प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रीहरु फिर्ता बोलाउने विषयमा छलफल गरिसकेका छन् ।

मन्त्री हेरफेर गर्न स्वंय प्रधानमन्त्री देउवाले पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेरै सुझाब दिएका थिए । प्रभावकारी काम गर्न नसकेका र आलोचनाको केन्द्र बनेका मन्त्री हेरफेर गर्न देउवाको आग्रह छ ।

अहिले माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मासहित केही नेताको नाम फिर्ता बोलाउने सूचीमा परेको बुझिएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेल, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलगायतको नाम फिर्ता बोलाउने सूचीमा रहेको माओवादी स्रोतले बताएको छ ।

अर्थमन्त्री शर्मा अर्थको जिम्मेवारीमा पुगेसँगै निरन्तर विवादित मात्रै देखिएका छन् । उनले सामान्य अपेक्षाअनुसार पनि काम गर्न नसकेको धेरैको बुझाई छ । उनीप्रति अर्थको सामान्य ज्ञान पनि नभएको आरोप पनि लाग्ने गरेको छ ।

माओवादीभित्र उनले नीतिगत रुपमा विवादित काम गरेको भन्दै असन्तुष्टि छ । शर्मालाई निरन्तरता दिएमा पार्टी शाख नै गिर्ने चिन्ता माओवादीभित्र छ ।

शिक्षामन्त्रीको जिम्मेवारी रहेका पौडेलले पनि अपेक्षाकृत काम गर्न नसकेको र सस्तो लोकप्रियता देखाउन खोजेको आरोप माओवादीभित्र छ । अवैधभ कन्सल्टेन्सीलाई मनपरी रुपमा लाइसेन्स दिन खोजिएको भन्दै माओवादीभित्र धेरैको उनको गतिविधिमाथि आशंका गरेका छन् ।

त्यस्तै मधेशी दलीतको कोटाबाट मन्त्री बनेका गहतराज गुमानाम छन् । उनको गुमनामीप्रति माओवादीभित्र निकै प्रश्न उठेको देखिन्छ ।

यता, एकीकृत समाजवादीभित्र पनि मन्त्री हेरफेर गर्नुपर्नेमा निकै दबाब छ । पहिलोपटक मन्त्री बनेका विनोद खतिवडा र रामकुमारी झाँक्रीप्रति समाजवादीभित्र असन्तुष्टि बढ्दो छ । नेताहरुले खुलेरै दुवै मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने माग गर्न थालेका छन् ।

हालै सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकमा समेत मन्त्रीहरुको निकै आलोचना भएको थियो । धेरै नेताहरुले कार्यसम्पादन अपेक्षाकृत नभएका मन्त्रीहरुलाई हेरफेर गर्नुपर्ने बताएका थिए ।

एकीकृत समाजवादीबाट मन्त्रीद्धय खतिवडा र झाँक्रीलाई बोलाउने लगभग निश्चित रहेको बुझिएको छ । अन्य मन्त्रीको विषयमा पनि समीक्षा भइरहेको बुझिएको छ ।

मन्त्री झाँक्रीले जिम्मेवारी नै नबुझेको धेरैको तर्क छ । नेताहरुले सहरी विकास मन्त्रालयको जिम्मेवारीमा रहेकी झाँक्रीले मन्त्रालयलाई पारिवारिक अखडा बनाएको र कर्मचारीहरुबीच निकै अलोकप्रिय बनेको भन्ने गरेका छन् । नीतिगत रुपमा काम गर्न नसकेकी झाँक्रीले सस्तो लोकप्रियताको निम्ति काम गरिरहेको भन्दै निकै आलोचना गरिएको छ ।

पहिलो पटक मन्त्री बनेका स्वास्थ्य मन्त्री खतिवडा पनि सुरुवातदेखि नै विवादित छन् । औषधी हिनामिनाको विषयले उनको छबिमाथि नै प्रश्न उठाएको छ । अन्य नीतिगत निर्णयमा पनि उनको शैली पारदर्शी नभएको नेताहरुको बुझाई छ । खतिवडालाई निरन्तरता दिएमा पार्टीको शाख गिर्ने चिन्ता नेताहरुको छ ।

वि.सं.२०७८ चैत २ बुधवार १४:५० मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...